‘पञ्चायतकी आमा’सँग टिपिएको डायरी

समाधान संवाददाता २०७५ पुष ५ गते ११:२६

डा. तुलसी गिरी ! हाम्रो पुस्ताले इतिहासका पानाहरुमा पढेको यो नामलाई राजा ज्ञानेन्द्रले ०६१ माघ १९ पछि साक्षात्कार गराइदिएपछि थप बुझ्न पाइएको हो । ०१७ सालमा आफ्ना पिता महेन्द्रले प्रजातन्त्र निलेकै शैली पछ्याउँदै ज्ञानेन्द्र शाहबाट त्यतिबेलाका योजनाकार राजनीतिज्ञ डा. गिरीलाई मन्त्रिपरिषद् उपाध्यक्ष बनाइएपछि उहाँ फेरि मञ्चमा देखा पर्नुभएको थियो ।

त्यहीबेलादेखि डा. गिरीसँग भेटेर इतिहासका घटनाहरुलाई उहाँकै मुखबाट सुन्ने र खासगरी ०६१ माघ १९ को घटनाका वरिपरि रहेर कुराकारी गर्ने जिज्ञासाले मलाई पटक–पटक बूढानीलकण्ठ पुर्‍याएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया