जनप्रिय माविले मनायो स्वर्णजयन्ती, प्रधानाध्यापकहरु सम्मानित

समाधान संवाददाता २०७५ माघ ११ गते ७:४४

समाधान संवाददाता

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले मुलुकमा व्यावसायिक एवं प्राविधिक शिक्षाको आवश्यकता रहेको बताएका छन् । जनप्रिय माध्यामिक विद्यालय पोखराको स्वर्णजयन्ती समारोहमा उनले गुणस्तरीय शिक्षाका लागि पाठ्यक्रममा सुधार गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

मुलुकका शैक्षिक संस्थाहरु बेरोगार जनशक्ति उत्पादन गर्ने थलोका रुपमा देखिएको बताउँदै अध्यक्ष तिमिल्सिनाले नेपाली समाज अनुकूलका प्राविधिक एवं व्यावसायिक शिक्षा विकास गर्दै देशमै रोजगारको अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए । अध्यक्ष तिमिल्सिनाले विद्यालय परिसरमा निर्मित स्वर्ण महोत्सव स्मारकको अनावरण पनि गरेका छन् ।

प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले जनप्रिय माविले साधारण शिक्षा मात्र नभई प्राविधिक शिक्षातर्पm पनि अग्रसर भएको बताउँदै अहिलेको आवश्यकता प्राविधिक र व्यावसायिक शिक्षा भएको धारणा राखे । प्रधानाध्यापक बाबुराम पौडेलले विद्यालयको शैक्षिक गुणस्तर क्रमिक रुपमा बढ्दै गएकोले पछिल्लो समयमा विद्यार्थीको आकर्षण बढ्ेको बताए ।

Advertisement

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार गिरीले विद्यालयले शैक्षिक गतिविधिका साथै विद्यार्थीका अन्तरनिहीत क्षमता र प्रतिभालाई उजागर गर्न तहगत स्तरमा विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको बताए ।
स्वर्ण जयन्ती अन्तर्गत बुधबार पूर्व विद्यार्थीहरुको पुनर्मिलन भएको थियो । कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम देखाएका थिए । स्वर्ण जयन्तीको अवसरका पूर्व विद्यार्थी मञ्चको अगुवाईमा बुधबार बिहान प्रभातफेरी निकालिएको थियो ।

जयन्तीको अवसरमा खुल्ला रक्तदान, शैक्षिक खेलकुद तथा अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीलाई पुरस्कार वितरण, छात्रवृति,सम्मान तथा अभिनन्दन, शैक्षिक प्रर्दशनी तथा विविध सांस्कृतिक कार्यक्रम राखिएको थियो ।

Advertisement

विसं २०२५ सालमा जनप्रिय मिडिल स्कुलको नामबाट स्थापना भएको स्कुलमा हाल १ हजार ५ सय ७१ जना विद्यार्थी अध्ययनरत छन् । स्कुलमा शिक्षक ६१ जना र ५ ना कर्मचारी गरी ६६ जना कार्यरत छन ।

तपाईको प्रतिक्रिया