कांग्रेसले अवरोध गरे पनि चिकित्सा शिक्षा विधेयक पारित

समाधान संवाददाता २०७५ माघ १७ गते १६:०६

नेपाली कांग्रेसले अवरोध गरे पनि राष्ट्रिय सभाले पनि चिकित्सा शिक्षा विधेयक पारित गरेको छ। उक्त विधेयकमा संशोधन प्रस्ताव हालेको प्रमुृख प्रतिपक्ष्ी दलले छलफलमा भने सहभागी नै भएन । बिहीबार बसेको राष्ट्रिय सभा बैठकको सुरूदेखि नै नेपाली कांग्रेसका सांसदहरूले उभिएर विरोध गरेका थिए।

अर्को संशोधन दर्ता गरेका राष्ट्रिय जनता पार्टीका सांसद वृजेशचन्द्रलाल भने छलफलमा सहभागी भए । उनले डाक्टर गोविन्द केसीसँग भएका सम्झौताका बुँदा समेटेर नआएको विधेयक परिमार्जन गरिनुपर्ने माग गरेका थिए। तर उनको प्रस्ताव बहुमतबाट अस्वीकृत भयो।

त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक पारित गर्न प्रस्ताव गरे भने सो प्रस्ताव बहुमतले पारित गर्यो । प्रस्ताव पारित हुँदासम्म कांग्रेस सांसद उभिएकै थिए । तर पनि अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले विधेयक पारित गर्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरे र बहुमत सांसद विधेयकको पक्षमा खडा भए ।

Advertisement

प्रतिनिधि सभाबाट पारित भइसकेको यो विधेयक अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि लागू हुनेछ।

Advertisement

तपाईको प्रतिक्रिया