पराेपकारी चन्द्र जसले ९ महिनाकी बालिकालाई कलेजो दान गरे

समाधान संवाददाता २०७५ माघ १९ गते १८:३८

राकेश शर्मा- म्याग्दी

कलेजीको टुक्रा जस्ती मायालु छोरीलाई ४ महिनामा बिसञ्चो हुँदा रेश्मा र प्रदीप रञ्तिजाको शोकसुर्ताले मुटु दुख्यो । बेनीमा जचाए निको भएन । पोखरा लगे, त्यहाँ पनि उपाय चलेन । काठमाडौं पुर्‍याए, निको हुनु त पर रोग पनि पत्ता लागेन । दिल्ली नै गएपछि थाहा लाग्यो—४ महिने छोरीको कलेजोमा समस्या रहेछ ।

तामाको मुनाजस्ती छोरीलाई उपचार गरेर निको पार्न रेश्माप्रदीप दम्पती निकै दौडधूप गरे । तर पैसाले भ्याएन । डाक्टरले भने—छोरीको कलेजो फेर्नुपर्छ, कसैले दान गर्नुपर्‍यो । मिल्ने भए आफ्नो मुटु पनि पनि दिन तयार आमाबाबु दुवैसँग छोरीको कलेजै म्याच भएन । झन् पनि कस्को मिल्ला भन्ने हुँदाहुँदै म्याग्दी समाजमा खबर फैलियो—४ महिने सायना रञ्तिजाको कलेजो फेर्न आर्थिक अभाव, कलोजो दाता पनि चाहियो ।

Advertisement

हामीले आज भोली कसैको मृत्यृपछि आफ्नो अंकको कुनै कुरा अरुलाई दान गर्ने प्रचलन अलि बढी प्रचलनमा आएको छ । तर म्याग्दीका एक समाजसेवीले भने आफ्नो कलेजो ९ महिनाको बालिकाको लागि दान गरेका छन् । जिल्लाको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानकी ९ महिने बालिका सियाना रन्तीजाको जीवन बचाउन चन्द्र केसीले कलेजो दान गरेका छन् ।

म्याग्दीमा क्रियाशिल परोपकारी संस्था ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्षसमेत रहेका केसीले कलेजोको समस्याबाट ग्रसित बालिकाको जीवन बचाउन आफ्नो कलोजोको केही अंश दान गरेका हुन् । शुक्रबार भारतको सर गंगाराम अस्पतालमा रन्तिजालाई केसीले दान गरेकोे कलेजो प्रत्यारोपण गरिएको ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले जानकारी दिएका छन् । आफुले जन्म दिएका बाबुआमाको कलेजो म्याच नभएकाले बालिकालाई केसीले कलेजो दान गरेका हुन् ।

Advertisement

बालिकाको आमा रेश्मा र बुबा प्रदीपको कलेजो म्याच पनी नभएको र आर्थिक अभाबको कारण उपचार अनिश्चित बनिरहेको सन्दर्भमा केसीले कानुनी प्रकृया पुरा गरि कलेजो दान गरिएको अध्यक्ष शाक्यले बताए । ‘आज म्याग्दीका केसीले मानवीय सेवा र दानवीरहरुको अभिलेखमा दुर्लभ साहसको एउटा अभिलेख राख्नु भएको छ’ शाक्यले भने, कोषलाई स्थापनादेखि अहिलेसम्मको स्थितिमा ल्याउन उहाँले खेल्नुभएको भुमिका प्रसंसनिय छ’ उनले थपे विरामी सियाना र दानवीर केसीको सुस्वास्थ्यको कामना गर्दछौँ बालिकालाई केसीको करिब ३० प्रतिशत कलेजो निकालेर पत्यारोपण गरिएको कोषले जनाएको छ ।

प्रत्यारोपण गरिएपछि बिरामी र कलेजो दान गर्ने केसीलाई चिकित्सकको निगरानीमा राखेर उपचार भैरहेको छ । पटक पटक अस्पतालमा डाक्टरहरुको चेकजाँच तथा नेपाली तथा भारत सरकारको कानुनी प्रक्रिया पुरा गरी केसीको कलेजो प्रत्यारोपण गरिएको कोषले जनाएको छ । सियानाको जिवन रक्षाको लागि प्रवासमा रहेका म्याग्देलीहरुको पहलमा रु ३० लाख आर्थिक संकलन भएको थियो ।

कलेजो प्रत्यारोपण अघि उपचारमा रु १२ लाख खर्च भैसकेको थियो भने अहिले पत्यारोपणको लागि मात्रै १७ लाख बढी भारु आबश्यक पर्ने भएकाले थप सहयोगको लागि कोषले सबैलाई सक्दो सहयोग गर्न आह्वान गरेको छ । जन्म भएको ४ महिनामै जटिल खालको स्वास्थ्य समस्या देखिएपछि सियानालाई मणिपाल, टिचिङ हुँदै दिल्लीसम्म पुर्या‍एर रोगको पहिचान गरिएको थियो ।

तपाईको प्रतिक्रिया