हिमाली जिल्ला मुस्ताङमा पनि काँग्रेश प्रर्दशन

समाधान संवाददाता २०७५ माघ २१ गते १४:०९

सुन्दरकुमार थकाली, मुस्ताङ

प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेशले आज सोमबार मुलुकभरका ७७ वटै जिल्लामा सरकारी बिरोधी प्रर्दशन गरिरहेको छ ।

यसैक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति मुस्ताङले पनि जिल्ला सदरमुकाम जोमसोममा बिरोध प्रर्दशन गरेको जनाईएको छ ।
बढ्दो महङ्गी ,भष्टाचार तथा सरकारले गरेका कतिपय निर्णय बिरुद्ध असमति जनाउदै कांग्रेसले सरकार बिरुद्ध आन्दोलन बिरोधका कार्यक्रम सार्बजनिक गरेको हो ।

Advertisement

मुस्ताङ चिसो मौसममा पनि काँग्रेशले बिरोधका कार्यक्रम गरेको हो ।दिउसो १२ बजे जोमसोमको पुथाङ एयरपोर्टबाट सुरु भएको बिरोध प्रर्दशनमा सरकार बिरोध चर्का चर्का नारा लगाईएको छ । निर्मला हत्याको निश्पक्ष छानबीन गर,ओली सरकार राजिनामा दे,संसदीय अधिनायकबाद मुर्दाबार,वाईडबडी काण्डको छानबीन गर लेखिएको प्लेकार्ड र ब्यानरसहितको ¥यालीले पुथाङ एयरपोर्ट,जोमसोम बजार हुँदै जिल्ला प्रशासन कार्यालय अगाडी कोणसभामा परिणत भएको छ ।

कोणसभामा बोल्ने काँग्रेसका जिल्ला नेताहरुले सरकारको कार्यशैलीप्रति ब्यापक असँतुष्टी जनाएका छन् । जिसस मुस्ताङका उपप्रमुख राजेन्द्र शेरचन,वारागुङ मुक्तिक्षेत्र गाउपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङ लगायत तरुण दल मुस्ताङ ,नेबिस मुस्ताङ र काँग्रेस सर्मथक दर्जनौ कार्यकर्ताहरु बिरोध कार्यक्रममा उपस्थिती भएका थिए ।

Advertisement

हिउदयामको चिसो मौसम र जिल्लामा हिमपात भईरहेको अवस्थामा पनि कार्यकर्ताको ब्यापक सहभागिता रहेको जनाएको छ । हिउदयामको यो समय जिल्लाका दुई तिहाई स्थानीय गाउमा छैनन् । काग्रेशले घोषणा गरेको देशब्यापी आन्दोलन स्वरुप मुस्ताङ बिरोध प्रर्दशन भएको छ ।मुस्ताङमा काग्रेशले शान्तिपूर्ण रुपमा बिरोधका कार्यक्रम संञ्चालन गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया