पोखरा—कतार उडान गर्न अमिरसँग प्रधानमन्त्रीको आग्रह

समाधान संवाददाता २०८१ वैशाख १२ गते १३:४५

पोखरा ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार उडानका लागि सहयोग गर्न कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच बुधबार भएको भेटवार्तामा आग्रह गरेका हुन् ।

कतारी अमिरले प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता गर्ने र शिक्षा, खेलकुदलगायत क्षेत्रमा हुने द्विपक्षीय समझदारी र सम्झौताा हस्तक्षर गरेका छन् ।

भेटवार्ताका क्रममा नेपाल र कतारका प्रतिनिधिमण्डलबीच द्विपक्षीय हित, आपसी चासो, सम्बन्ध बिस्तार एवं साझा हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार रुपक सापकोटाले जानकारी दिए ।

Advertisement

इजरायलमा हमासको आक्रमणमा परी बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पनि आग्रह गरिएको छ ।

अमिर अल थानी राष्ट्रपति रामचन्द्र पौडेलको आमन्त्रणमा दुई दिने राजकीय भ्रमणका लागि मंलबार नेपाल आएका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया