पोउवासंघमा विवादः ४ जना विरुद्ध १६ जना

समाधान संवाददाता २०७५ फागुन १ गते १०:००

समाधान स‌ंवाददाता
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले ४ जना साधारण सदस्यलाई कार्यसमितिमा मनोनित गरेका छन् । अधिकारीले ऐनकुमार साई, रामबहादुर केसी, देवेन्द्र केसी र शिवराज आचार्यलाई मनोनित गरेका छन् ।

संघका अध्यक्ष अधिकारीले संघको विधानको धारा ६.१.१ (ड) को अधिकार प्रयोग गरी सदस्य मनोनित गरेका हुन् । अध्यक्ष अधिकारीले विधि र विधान विपरित काम भएको भन्दै बहुमत सदस्यले लिखित असहमति जनाएका छन् । संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले सदस्यले नोट अफ डिसेन्ट लेखेको बताए । उनले नोट अफ डिसेन्टमा, ‘संघको विधानको परिच्छेद ६.३.२ अनुसार बैठकमा छलफल हुनुपर्ने विषय तोकी १ दिन अगावै सूचना गर्नु पर्ने स्पष्ट प्रावधान भएकामा त्यसो नभएको बताए ।

कोइराललाले माघ २८ को बैठकमा विना एजेन्डा कार्यसमितिको बैठकमा छलफल नै नगराई एकतर्फी ढंगबाट नामावली पेस गरिएकोमा आपत्ति जनाएका हुन् । नामको विषय भन्दापनि पद्दति र नियतको विषयमा कार्यसमिति सदस्यको आपत्ति हो, उनले भने, ‘मनोनीत गर्ने निर्णयप्रति विमति छ, बैठकको निर्णय ६.१ प्रति हाम्रो पूर्ण असहमति छ ।’

Advertisement

‘नोट अफ डिसेन्ट’ मा संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइराला, उद्योग उपाध्यक्ष विन्दु कोइराला सुवेदी, वाणिज्य उपाध्यक्ष पवनकुमार प्रजापति, मा महासचिव अर्जुन पोख्रेल, कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छे, उपमहासचिव चिनुकुमारी गुरुङ, कार्यसमिति सदस्य कुुमारी मुना बास्तोला, केशवबहादुर खत्री, दीनेशचन्द्र बास्तोला, बलराम आचार्य, ऋषिराज शर्मा भण्डारी, रामेश्वर अधिकारी, किर्तिबल्लभ त्रिपाठी, हर्कबहादुर अधिकारी, हरिहर सापकोटा र हरिराज पन्तसहित १६ जनाले हस्ताक्षर गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया