लागुऔषधसहित ४ पक्राउ

समाधान संवाददाता २०७५ फागुन ९ गते १०:०७

समाधान संवाददाता

लागुऔषधको ओसारपोसार गर्ने ३ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पोखरा १० का ३२ वर्षीय विश्वास गुरुङ, पोखरा ९ शिवटोलका २५ वर्षीय आशीष श्रीपाली र रुपन्देहीका २४ वर्षीय विनय चौधरी भन्ने चन्द्रकान्त थारु चौधरीलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

झोलामा लुकाइछिपाइ राखेको अवस्थामा लागुऔषध नर्फिन १ सय २० थान फेनारागन १ सय २० र डाइजोपाम १ सय २० गरी जम्मा ३ सय ६० थान बरामद गरेको कास्की प्रहरीले जनाएको छ ।

Advertisement

यस्तै जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषधसहित पोखरा १६ अमरदीपका २५ वर्षीय मिलन गुरुङलाई बुधबार पक्राउ गरेको छ । पृथ्वीराजमार्ग अन्तर्गत व्यास नगरपालिका १२ घाँसीकुवामा चेकजाँचको क्रममा काठमाडौंबाट पोखरा जाँदै गरेको बा ४ ख ७७१४ नं को बसबाट गुरुङलाई पक्राउ गरिएको हो । उनले झोलामा लुकाइ राखेको अवस्थामा डाइजोपाम १ सय २० थान, फेनरागन १ सय २१ थान र नुर्पिmन १ सय ११ थान बरामद गरिएको प्रहरी उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । घटनाबारे म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

७ महिनामा ५६ जना पक्राउ
प्रहरीले चालु आर्थिक वर्ष २०७५-०७६ को ७ महिनाको अवधिमा ५६ जना लागुऔषध कारोबार गर्ने पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक अर्यालका अनुसार साउनदेखि फागुन ८ गतेसम्म ५२ पुरुष र ४ जना महिलासहित ५६ जना पक्राउ परेका छन् ।

Advertisement

यस अवधिमा डाइजेपाम, नुर्फिन र फेनरागन गरी जम्मा २ हजार ९ सय ८० एम्पुल र ट्माडोल ५ सय ३० चक्की, गाँजा १६ किलो ८ सय ३० ग्राम बरामद भएको प्रहरीले जनाएको छ । गत आर्थिक वर्षको यही अवधिमा १३ पुरुष र १ महिला गरी १४ जना पक्राउ परेका थिए भने डाइजोपाम, नुर्फिन र फेनरागन गरी जम्मा ४ सय ६९ एम्पुल, नाइट्रोभेट ४५ पिस र गाँजा २ सय ९० ग्राम बरामद भएको थियो ।

तपाईको प्रतिक्रिया