रेन्बो चिल्ड्रेनद्धारा चेपाङ बस्तीमा सहयोग

समाधान संवाददाता २०७५ फागुन १० गते ९:३२

समाधान संवाददाता

रेन्बो चिल्ड्रेन होम नेपालको नेतृत्वमा चितवनमा माडीको कुसुमखोला रिउ खोला किनारका चेपाङ बस्तीमा लत्ता कपडा वितरण गरिएको छ । उक्त बेलायती नागरिक डेन्जिल मास्करेन्हान्सले संकलन गरी पठाएका थिए भने डियचल यूकेले पोखरासम्म ल्याउन सहयोग गरेको थियो ।

रेन्बो चिल्ड्रेन होमले विकट ठाउँमा बसोबास गर्ने अति कठिन परिस्थितिमा जीवन गुजार्न बाध्य भएका बाललालिकालाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको थाहा पाएपछि डेन्जिलले लगभग २ लाख बराबरको सहयोग जुटाएका हुन् ।

Advertisement

रेन्बो होमकी निर्देशक गोमा ढकालले माडीको रिउ खोलाको किनार तथा चितवन राष्ट्रिय निकुञ्जको जंलभित्र बसोबास गर्ने चेपाङलाई रेन्बो चिल्ड्रेन होम नेपालले यसअघि पनि राहत वितरण गरेको बताइन् ।

Advertisement

तपाईको प्रतिक्रिया