भेनेजुएला–सैनिक हस्तक्षेपको त्रास देखाउँदै मदुरोले गरे सिमाना बन्द

समाधान संवाददाता २०७५ फागुन १० गते ११:३०


बिबिसी

भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले बिहीवार राति ब्राजिलसँगको सिमाना बन्द गरिदिएको बताएका छन्।

त्यहाँको एक टेलिभिजनमा त्यस्तो घोषणा गरिरहँदा उनले कोलम्बियासँगको सीमा बन्द गर्नेबारे समेत सोचिरहेको बताएका थिए।

Advertisement

भेनेजुएलास् के मदुरोले भनेजस्तै अमेरिकी सेना अतिक्रमण योजनामा छरु
मदुरोलाई हटाउन अमेरिकी सेना परिचालन भएको क्युबाको आरोप
देशका लागि आइरहेको मानवीय सहायता सामग्री बाँड्ने विपक्षीको प्रयास रोक्न मदुरोले त्यस्तो कदम चालेका हुन्।

यसअघि नै उसले आफ्तो उत्तरी तटतर्फको समुद्री र हवाई सीमा बन्द गरिसकेको थियो। त्यसतर्फ रहेको एउटा डच टापु कुरासोले अमेरिकाले दिने राहत भित्र्याउन सघाउने भनेपछि त्यसो गरिएको थियो।

Advertisement

मदुरोले मानवीय सहायता सामग्री वितरण गर्ने नाममा अमेरिकाले उनको देशमा सैनिक हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै आएका छन्।

कोलम्बियासँगको सिमानामा रहेको नगर कुकुटामा गत साता अमेरिकी सेनाका जहाज राहत सामग्री बोकेर ओर्लिएपछि मदुरोले उनको भनाइ दोहोर्‍याए।

सहायता रोक्ने प्रयास
ब्राजिलको सरकार विपक्षी नेता ग्वाइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिनेमध्येको एक हो।

उसले समेत भेनेजुएलासँगको आफ्नो सिमानामा सहायता सामग्री पठाएर सघाउने बताएको थियो।

अहिले विपक्षी नेता ह्वान ग्वाइदो भने स्वयंसेवक एवं समर्थकले भरिएका गाडीका लस्करको नेतृत्व गर्दै राजधानी क्याराकसबाट कोलम्बियासँगको सीमातर्फ लागिसकेका छन्।

राष्ट्रपति निकोलास मदुरोले देशमा संकट रहेको कुरालाई अस्वीकार गर्दै आएका छन्। उनी त्यसलाई अमेरिकी योजनाको एउटा पाटो भन्छन्।
त्यसक्रममा उनीहरूले सुरक्षाकर्मीबाट छिटफुट रुपमा अवरोध सामना गरिरहेका छन्। तर उनीहरू अघि बढ्ने क्रम भने रोकिएको छैन।

क्याराकसमा रहेकी बीबीसी संवाददाता केटी वाट्सन भन्छिन्, ूप्रहरीले राजमार्गको एक ठाउँमा बाटो अवरुद्ध गर्न खोजेको थियो र उसले सञ्चारमाध्यममाथि मानव लस्करको दृश्य खिच्न समेत रोकिरहेको छ। बाटोमा झडपका घटना समेत भएका थिए।ू

क्याराकसबाट सीमामा पुग्न लाग्ने झण्डै १३ घण्टा लामो मोटर यात्रामा उनीहरूले अन्य थुप्रै प्रहरी चेकपोष्टहरूको सामना गर्नुपर्नेछ।

कोलम्बियाको सीमा सहर कुकुटा क्याराकसबाट झण्डै ९ सय किलोमिटर टाढा छ।

मदुरोको राहत
सन् २०१३ यता त्यहाँको सत्तामा रहेको मदुरोले देशमा संकट रहेको कुरालाई अस्वीकार गर्दै आएका छन्।

उनी त्यसलाई अमेरिकी योजनाको एउटा पाटो भन्छन्।

तर यसैसाता उनले आफ्नो साझेदार रुसबाट ३०० टन सहायता सामग्री भेनेजुएला भित्र्याउने घोषणा गरेका थिए।

भेनेजुएलाका खाद्यमन्त्रीले एउटा ट्विट गर्दै आफ्नो सरकारले कोलम्बियासँगको सीमा क्षेत्रमै झण्डै २० हजार राहतका सामग्री रहेको बाकस बाँड्ने समेत बताएका छन्। ट्विटमा राखिएको भिडि‌ओमा ती राहत भरिएका भनिएका ट्रकको लस्कर देखाइएको छ।

भेनेजुएला गृहयुद्धमा धकेलिन सक्ने राष्ट्रपति मदुरोको चिन्ता
नेपालसमेत उल्झिएको भेनेजुएलामा कुन देश कसको समर्थनमा
शुक्रवार नै कोलम्बियामा ग्वाइदोकै आग्रहमा झण्डै दुई लाख पचास हजार मानिस जुट्ने अपेक्षा गरिएको एक सांगितिक कन्सर्ट आयोजना हुँदैछ।

एकजना चर्चित ब्रिटिस उद्यमी सर रिचर्ड ब्रान्सनले आयोजना गर्न लागेको त्यस परोपकारी कन्सर्टबाट भेनेजुएलामा राहतका लागि १० करोड डलर उठाउने अपेक्षा गरिएको छ।

तर त्यसको झण्डै ३ सय मिटरको दुरीमा भेनेजुएलापट्टि मदुरोको सरकारले समेत त्यस्तै कन्सर्टका लागि स्टेज खडा गरेको छ।

भेनेजुएलामा संकट चुलिएसँगै अहिले ३० लाखभन्दा बढी नागरिकले खाद्यान्न र औषधिको खोजिमा देश छाडेका छन्।

तपाईको प्रतिक्रिया