पैसा नदिएपछि मुद्दा

समाधान संवाददाता
पोखरा विश्वविद्यालय पोविका पदाधिकारी र कर्मचारीमाथि हातपात, कार्यालय तोडफोड र आगजनी गर्ने ९ जनालाई कास्की प्रहरीले सार्वजानीक मुद्दा चलाइएको छ ।
प्रदिप भट्ट, बिनायक तिमल्सिना, सिती ओझा, बिनोद गिरी, बिक्रम गैरे, आषिष केसी, बबिस मगर, गणेश रिमाल र लेखनाथ न्यौपानेलाई सार्वजानीक मुद्दा चलाइएको गुरुङले जानकारी दिए ।
२२ जना पक्राउ परेका मध्य १३ जना शुक्रबार बेलुका रिहा गरिइको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी रबिन्द्रमान गुरुङले जानकारी दिए । बिहिबार पक्राउ गरेका मध्य प्रहरीले ९ जनाले मात्र तोडफोड गरेको बताएको छ । तोडफोडबाट लगभग १५ लाख बराबरको क्षती भएको पोखरा विश्वद्यालयले विद्यार्थीलाई बताएको थियो । प्रहरीका अनुसार विश्वविद्यालयले क्षती भएको बराबरको रकम विद्यार्थीसंग माग गरेको थियो । स्रोतका अनुसार उक्त रकम विद्यार्थीले दिन नमाने पछी उनीहरुमाथी सार्वजानीक मुद्दा चलाइएको हो ।
विद्यार्थीले भने उक्त रकम नियम अनुसार माग्नुपर्ने भन्दै आफुहरुले नदिने बताएका हुन । प्रहरीका अनुसार पक्राउ गरिएका मध्य विश्वविद्यालयका विद्यार्थीलाई मुद्दा चलाईयो,‘स्रोतले भन्यो,‘अन्य १३ जनालई मुद्दा चलाउनको लागि जाहेरी आएको छैन ।’
बिहीबार दिउँसो बुधबार राति प्रकाशन भएको परीक्षाको नतिजाप्रति असन्तुष्ट विद्यार्थीले पोविको केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रण कार्यालय, स्कुल अफ इन्जिनियरिङको भवन, स्ववियु कार्यालय लगायतमा तोडफोड गरेका थिए ।
विद्यार्थीले विश्वविद्यालयको डिन कार्यालय र ग १ च ७१७८ नम्बरको गाडीको सिसा फुटाएका थिए । भने र विभिन्न विभागका झ्यालका सिसा पनि तोडफोड गरेका थिए ।
गत बुधबार राति इन्जिनियरिङतर्फ चौंथो वर्षको ७ औं सेमेस्टरका विद्यार्थीको परीक्षाफल प्रकाशन भएको थियो । परीक्षाफलमा अनियमितता भएको दाबी गर्दै विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् ।
विद्यार्थीले कापी परीक्षणमा लापरबाही भएको दाबी गर्दै फेरि परीक्षा लिनुपर्ने माग गरेका छन् । घटनापछि विद्यार्थी र विश्वविद्यालयबीच वार्ता भएको छैन । विद्यार्थीले आन्दोलनलाई निरन्तरता दिदै पढाइ सुरु हुन सकेको छैन ।







भद्रकाली सहकारीको सातौँ साधारणसभा र तेस्रो अधिवेशन, अध्यक्षमा बाबुराम सापकोटा
मुस्ताङमा सवारी चाप बढ्यो, ट्राफिक राजश्व घट्यो
योगेन्द्रलाई पुरस्कार
कोरला १३ नेपाली चीन गए
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया