भारतीय हवाई हमलापछि पाकमा आकस्मिक बैठक डाकियो

समाधान संवाददाता २०७५ फागुन १४ गते १२:०१

एजेन्सीको सहयोगमा

भारतीय वायुसेनाले मंगलबार पाक अधिकृत कश्मिर पीओकेमा हवाई आक्रमण गरेपछि यतिबेला पाकिस्तानमा आपतकालीन बैठक बोलाइएको छ ।

पाकिस्तानी विदेशमन्त्री शाह महमुदद्वारा बोलाइएको बैठकमा पूर्व विदेश सचिव र वरिष्ठ राजनीतिक नेताहरुको सहभागी हुने बताइएको छ । बैठकमा वर्तमान स्थितिबारे छलफल हुनेछ ।

समाचार सुत्रका अनुसार भारतले बालाकोट, चकोटी र मुजफ्फरबादमा बिहान साढे ३ बजे गरेको हवाइ हमलालाई लिएर पाकिस्तान ठोस निर्णय लिने योजनामा छ । हमलाकाकारण जैशको कन्ट्रोल रुम ध्वस्त भएको भारतीय सेनाको दाबी छ ।

केही दिन अघि जम्मु कश्मिरको पुलवालामा पाकिस्तान समर्थित जैश–ए–मोहम्मदद्वारा सीआरपीएफमाथि गरिएको हमलामा ४० जनाको मृत्यु भएको थियो ।

यद्यपि, पाकिस्तान सेनाले भने उक्त हमलाले पाकिस्तानमाथि कुनै असर नपारेका भन्दै उल्टै भारतीय वायुसेनाले पाकिस्ता सीमामा घुसपैठ गर्दा जवाफी कारवाही गरेको बताएका छन् ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले ट्वीटमा लेखेका छन् ( मुजफ्फराबाद सेक्टरबाट भारतीय विमानले घुसपैठ गर्ने प्रयास गरेका थिए। त्यसपछि पाकिस्तानी सेनाले कारबाही गरेको छ।

उनले ट्वीटमा भनेका छन्, ‘भारतीय विमानहरूले मुजफ्फराबाद सेक्टरबाट घुसपैठ गरे। पाकिस्तानी वायु सेनाको तर्फबाट तत्काल र प्रभावशाली कारबाही भयो त्यसपछि उनीहरू भाग्न थाले।’

तपाईको प्रतिक्रिया