रहेनन् जनप्रिय नेता रवीन्द्र

समाधान संवाददाता २०७५ फागुन १५ गते १५:२३

समाधान सम्वाददाता

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीकाे ताप्लेजुङमा भएकाे हेलिकप्टर दुर्घटनामा परि निधन भएकाे छ ।

दुर्घटनामा रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएको छ। सुरक्षाकर्मीहरुले ताप्लेजुङ फुङलिङको काफ्लेपाटीमा भएको दुर्घटनास्थलबाट ७ जनाकै शव फेला पारेका छन् ।

Advertisement

हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोक्षिभय सवार थिए। हेलिकोप्टर प्रभाकर केसीले उडाएका थिए।

तेह्रथुमको चुहानडाँडामा विमानस्थल निर्माण सम्भाव्यता अध्ययन गर्न काठमाडौंबाट उडेको हेलिकप्टर  दुर्घटनामा परेकाे हाे ।

Advertisement

उक्त हेलिकोप्टर काठमाडौंबाट आज बिहान साढे ८ बजे उडेको थियो।

तपाईको प्रतिक्रिया