पाकिस्तानको नियन्त्रणमा रहेको भारतीय पाइलट अभिनन्दनको रिहाई शुक्रबार

समाधान संवाददाता २०७५ फागुन १६ गते १९:०७

एजेन्सी

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो नियन्त्रणमा रहेका भारतीय पाइलट शुक्रबार भारतको जिम्मा लागाउने बताएका छन् ।

पाकिस्तानी संसदको संयुक्त सत्रमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री इमरान खानले भने, ‘हामीले भारतलाई चिठी लेखेर विदेश मन्त्रीहरुकोे भेट गरौं भनेका थियौं । तर यसको सकरात्मक जवाफ आएन । किन कि भारतमा चुनाव हुँदै छ । उनीहरु यस विषयलाई आफ्नो चुनावी एजेन्डा बनाउन चाहन्छन् ।’

Advertisement

भारत–पाकिस्तानबीच बुधबार भएको हवाई हमलामा भारतीय वायु सेनाका लेफ्टिनेन्ट कमान्डरलाई पाकिस्तानले नियन्त्रणमा लिएको थियो । भारतले उनको सुरक्षित फिर्तीको लागि पाकिस्तानसँग माग गरेको थियो ।

अभिनन्दन भारतीय वायु सेनाका लेफ्टिनेन्ट कमाण्डर हुन् । उनी बुधबार लडाकु विमान मिग २१ लिएर पाकिस्तान उडेका थिए । तर हवाई मुठभेडमा पाकिस्तानले विमान खसाले पछि कब्जामा परेका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया