पाकिस्तानले आफ्ना नियन्त्रणमा रहेका भारतीय पाइलट भारतलाई बुझायो
समाधान संवाददाता
२०७५ फागुन १८ गते ८:३०

एजेन्सी
पाकिस्तानी सेनाले नियन्त्रणमा लिएका भारतीय वायु सेनाका चालक अभिनन्दन वर्तमान शुक्रबार राति साढे ९ बजे वगाहा नाकाबाट भारतीय अधिकारीलाई बुझाएका हुन् । यसअघि उनलाई दिउँसो ३ बजे नै भारत पुर्याउने भनिए पनि ढिला भएको थियो ।
भारतीय वायु सेनाले अब अभिनन्दनको मेडिकल परीक्षण गर्ने र त्यसपछि अमृतसरबाट जहाजमा नयाँदिल्ली ल्याउने जनाएको छ । पाकिस्तानले बुझाएका अभिनन्दनलाई पत्रकारसामू ल्याइएको थिएन ।
यसअघि बुधबार अभिनन्दनले चलाएको सैनिक जहाज पाकिस्तान नियन्त्रित कस्मिरमा खसेको थियो । त्यसपछि उनलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको थियो । बिहीबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शान्तिको संकेतस्वरूप अभिनन्दनलाई रिहा गरिदिन लागेको बताएका थिए । अभिनन्दनको भारत फिर्तीसँगै मंगलबारदेखि चुलिएको भारत–पाकिस्तान तनाव मत्थर हुने अपेक्षा गरिएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया