इथियोपियन एयरलाइन्सको यात्रुवाहक विमान दुर्घटना
समाधान संवाददाता
२०७५ फागुन २६ गते १५:१५

एजेन्सी
इथियोपियाको आदिस अबासाबाट केन्याको नाइरोबी उडेको इथियोपियन एयरलाइन्सको बोइङ्ग ७३७ विमान दुर्घटनामा परेको छ।
एयरलाइन्सका अनुसार विमानमा १४९ जना यात्रु र चालक दलका आठजना सदस्य रहेको बुझिएको छ।
उडेको केही समयभित्र स्थानीय समय अनुसार आइतवार बिहान ८ बजेर ४४ मिनेटमा दुर्घटना भएको हाे ।
एउटा विज्ञप्ति जारी गर्दै एयरलाइन्सले खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, “दुर्घटनास्थलमा एथियोपियन एयरलाइन्सका कर्मचारीलाई पठाइनेछ र आपत्कालीन सहायताका लागि सम्भावित सबै सहयोग गरिनेछ।”
“दुर्घटनामा ज्यान गुमाउने मानिसहरूको परिवारप्रति गहिरो समवेदना” भन्दै प्रधानमन्त्री अबी अहमदले ट्वीट गरेका छन्।
सम्बन्धित
तपाईको प्रतिक्रिया