मार्फास्थित कालीगण्डकी तटबन्ध हस्तान्तरण

सुन्दरकुमार थकाली
मुस्ताङको पर्यटकीय गाउँ मार्फा स्याउ उत्पादनले प्रसिद्ध छ । यहाँको स्याउ नेपाल लगायत अन्य देशमा समेत विशेष ब्रान्ड बनेको छ । उर्वरभूमि न्यून भएपनि यहाँका किसानले स्याउ लगायत अन्य बाली उत्पादन गरेर जीवन धानिरहेका छन् । यसो त पुरै मुस्ताङमा परम्परागत रुपमा स्याउ लगायत अन्य खेती गरिन्छ ।
गतवर्ष मुस्ताङमा ३ दशकपछि कालीगण्डकी नदीमा बहाब उर्लियो । वर्षायामको हिउँ पग्लिएपछि कालीगण्डकी नदीले मुस्ताङको तल्लो भेक जोखिममा परे । कतिपयको खेतीयोग्य जमीनमा क्षति पुर्यायो । घरपझोङ गाउँपालिका ५ ढुम्बा र घरपझोङ २ मार्फाका किसान नदी कटानको चपेटामा परे । मार्फा बस्तीको पूर्वतर्फ नदी कटानले खेतीयोग्य जमीनमा क्षति पुर्याउँदा मार्फावासी चिन्तित बने ।
जापानिज पूर्व राजदुत एजिमिश्र मासासी ओवामा तत्कालीन समयमा मुस्ताङ भ्रमणमा आउँदा मार्फाली किसानले यही दुखेसो राजदुतसँग पोखे । अनि बन्यो कालीगण्डकी नदी नियन्त्रण आयोजनाको खाका । यसका लागि मार्फाका अगुवा किसान विष्णुराज हिराचन ,वडाअध्यक्ष मानबहादुर विक लगायतको मार्फाली टोली जापानिज दुतावास धाए । आयोजनाको खाका तयारपछि जापनिज सरकारले क्रमागत आर्थिक सहयोग दिने वचनसहित नदी नियन्त्रणको काम अघि बढ्यो ।
जापनिज सरकारको आर्थिक सहयोगमा मार्फा गाउँको पूर्वपट्टि नदी किनारमा करिब ४ सय २० मिटर तटबन्ध सम्पन्न भएको छ । जापनिज सरकारको करिब ९२ लाख, मार्फा गाउँको करिब साढे २० लाख र स्थानीय श्रमदानसहित कुल १ करोड १६ लाखमा तटबन्ध निर्माण भएको निर्माण समितिका अध्यक्ष मानबहादुर विकले जानकारी दिए ।
बुधबार मार्फा सामुदायिक सभाहलमा तटबन्ध आयोजना हस्तान्तरण समारोह आयोजना गरियो । जापनिज राजदुत मासामिची साइगो जापनिज सरकारले मुस्ताङको सुन्दर गाउँ मार्फामा बस्तीको खेतीयोग्य जमीन बचाउन तटबन्ध निर्माणमा सहयोग गर्न पाएको खुसी व्यक्त गरे । उनले कालीगण्डकी नदीका कारण नदी किनाराको खेतीयोग्य जमीन र यहाँका बस्तीहरु जोखिममा रहेको सुनेकोले यहाँ लगानी गरेको खुलाए । ‘जापान सरकारले आर्थिक अनुदान दिएर तटबन्ध बन्यो,’ राजदुत साइगोले भने, ‘अब यसको संरक्षण र हेरचाह गर्ने दायित्व स्थानीय तह र गाउँको हो ।
प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचनले मित्र राष्ट्र जापान र नेपालबीचको सम्बन्ध पुरानो भएको बताए । ‘देशका ठूलाठूला आयोजनामा जापान सरकारको सहयोग रहँदै आएको छ, उदयपुर सिमेन्टदेखि गौरवका आयोजनामा जापानले सहयोग गरेको छ,’ सांसद तुलाचनले भने, ‘नेपालको समृद्धि र विकासका लागि जापान सरकारले निस्वार्थ भावले सहयोग पु¥याएको छ, मुस्ताङमा खेतीयोग्य जमीन जोगाउन भएको सहयोग महत्वपूर्ण ठान्छौं ।’ सांसद तुलाचनले दलीय स्वार्थ त्यागेर जिल्लाको हितमा काम गर्न म्ुस्ताङवासी एक हुनुपर्ने सुझाए ।
सहायक प्रमुख जिल्ला अधिकारी विश्वेश्वर रेग्मीले मुस्ताङका लागि जापान सरकारको सहयोगले यहाँका किसानमा आशाको दियो जगाएको बताए । निर्माण समितिका अध्यक्ष मानबहादुर विकले तटबन्ध निर्माण प्रतिवेदन प्रस्तुत गरे । निर्माण समितिका विष्णुराज हिराचनले जापान सरकारबाट यसप्रकार सहयोग रहिरहने अपेक्षा गरे ।
कार्यक्रममा जनवाल माविका विद्यार्थीले स्वागत गान प्रस्तुत गरेका थिए । गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन तटबन्ध निर्माण समितिका सदस्य दीपक लालचनले गरेका थिए ।
यसअघि मुस्ताङ आएका जापनिज टोलीले मार्फामा निर्माण गरिएको तटबन्धको अवलोकन गरेका थिए । टोलीले मार्फाको कृषि सम्भावनाका बारेमा स्थानीय किसानसँग अन्तत्र्रिmया गरेको दीपक लालचनले बताए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया