विश्व उपभोक्ता अधिकार दिवसमा अन्तक्र्रिया

समाधान संवाददाता २०७५ चैत २ गते ९:३१

सुन्दरकुमार थकाली

विश्व उपभोक्ता अधिकार दिवसमा मुस्ताङको जोमसोममा ‘गुणस्तरीय वस्तु र सेवामा उपभोक्ताको अधिकार, हामी सबैको सरोकार’ नारासहित घरपझोङ गाउँपालिकाले स्थानीय सरोकारवालासँग अन्तरत्र्रिmया गरेको छ ।

जिसस मुस्ताङको सभाहलमा शुक्रबार भएको कार्यक्रममा जिसस प्रमुख छिरिङ ल्हामो गुरुङले कार्यक्रमको उद्घाटन गरिन् । उपभोक्ता अधिकार सुनिश्चिताका लागि सर्वप्रथम सेवाग्राही नै चनाखो हुनुपर्ने बताइन् । खाद्य सुरक्षा तथा उपभोक्ता अधिकारको व्यावहारिक कार्यान्वयनका लागि स्थानीय तहकै पहलमा समिति गठन गरी बजार अनुगमन गर्नुपर्ने उनको भनाइ छ । उनले उपभोक्ता अधिकार कार्यान्वयनका लागि ऐन कानुन निर्माण भए पनि व्यावहारिक बन्न नसकेको जनाइन् । मानव स्वास्थ्यसँग जोडिएको सबाल, बजार भाउ र गुणस्तर कायम गर्न सचेतनामूलक कार्यक्रम आवश्यक भएको औंल्याइन् ।

Advertisement

निमित्त प्रमुख जिल्ला अधिकारी विश्वेश्वर रेग्मीले उपभोक्ता अधिकार सुनिश्चित पार्न नागरिक सचेतना हुनुपर्ने बताए । उपभोक्ता अधिकार मञ्च मुस्ताङका अध्यक्ष रमेश भट्टचनले उपभोक्ताले बजार व्यवस्थापन तथा दैनिक उपभोग्य वस्तु निगरानी गर्नुपर्नेमा जोड दिए । उनले मानव जीवनसँग जोडिएका सबै विषय उपभोक्ता अधिकारभित्र पर्ने उल्लेख गरे ।

घरपझोङ गाउँपालिका निमित्त अध्यक्ष शर्मिला गुरुङले सबै खाले उपभोक्ता अधिकारका लागि स्थानीय तह गम्भीर भएको बताइन् । सबै सेवाग्राही तथा व्यवसायीका दुखेसा सुन्यौं,’ उनले भनिन्, ‘सबैका सुभावका गाँठा फुकाउन हाम्रो कार्ययोजनाको सुरुआत यही विषयमा केन्द्रित रहन्छ ।’

Advertisement

जिल्ला समन्वय समितिका पुष्पराज कुट्ुवालले उपभोक्ता अधिकारसम्बन्धी प्रस्तुतीकरण गरेका थिए । अन्तरक्रियामा सरोकारवालाले बजार अनुगमन गर्नुअघि सचेतनामूलक कार्यक्रम गर्नुपर्ने, उपभोक्ता अधिकारका लागि व्यवसायीको स्तर वर्गीकरण गरिनुपर्ने, मूल्यसूची टाँस गर्नुपर्ने, सेवाग्राही सचेत रहनुपर्ने, विद्यालयका बालबालिकालाई उपभोक्ता अधिकार शिक्षा दिनुपर्ने, होटलमा पर्यटकको लगत राख्नुपर्ने, स्वच्छ खानेपानीदेखि खाद्यवस्तु, यातायात, स्वास्थ्य आदिमा उपभोक्ता अधिकारको अनुगमन हुनुपर्ने, पूर्वाधार विकासका लागि निर्माण सामग्रीको गुणस्तरको मापन हुनुपर्ने, एउटै बिक्रेताले अनेक प्रकारको व्यवसाय सञ्चालन गर्दा त्यसले पारेको प्रभावलाई व्यवस्थित गरिनुपर्ने, मासुजन्य पदार्थको गुणस्तर र व्यवस्थापनमा ध्यान दिइनुपर्ने, व्यवसायीले गर्ने मनोमानी रोक्नुपर्ने, पर्यटक आतिथ्यताको शिक्षा दिनुपर्ने, व्यवसायीलाई खाद्य सुरक्षाको आधारभूत ज्ञान दिनुपर्ने, सेवामूलक संस्थामा नागरिक बडापत्र उल्लेख हुनुपर्ने, अस्पतालमा बिरामीले पाउने सेवा सुविधालाई प्रभावकारी तुल्याउनुपर्ने र धार्मिक तथा पर्यटकीय क्षेत्रलाई पर्यावररण तथा वातावरण मैत्री बनाउनुपर्ने सुझाव दिए ।

सन्् १९६२ मार्च १५ देखि विश्व उपभोक्ता अधिकार दिवस मनाउन थालिएको हो । पूर्व अमेरिकी राष्ट्रपति एफ केनेडीले प्रस्तुत सुरक्षा, सूचना, छनौट र सुनुवाइलाई उपभोक्ताका ४ अधिकार रुपमा घोषण गरेपछि यो दिवस विश्वभर मनाइएको हो । उपभोक्ता अधिकारका अन्तरनिहीत आधारभूत ४ सिद्धान्तमा उपभोक्ता आफैं सचेत हुनु आवश्यक छ । उपभोक्तालाई सचेत र जागरुक गर्ने दायित्व सरकार, वस्तु वा सेवा उत्पादन, आयात, सञ्चय वा बिक्री गर्ने निकायको हो ।

नेपालमा मन्त्रालय तथा विभागीय स्तरमा उपभोक्ता अधिकार सम्बन्धी नीति, कानुन निर्माण भए पनि उपभोक्ता अधिकार कार्यान्वयनमा जटिलता कायमै छ ।

तपाईको प्रतिक्रिया