खौलाडाँडालाई रिंगरोडमा समेट्न आग्रह

समाधान संवाददाता २०७५ चैत ७ गते ८:००

रामकृष्ण लामिछाने

बस्तीसँगै मोटरबाटो खनिएको छ । वरिपरि घरहरु छन् । मिलेकोका २० घरपरिवार एक अर्काले गाउँमा योजना पार्न जुटेका छन् । बस्तीको १० मिटर माथि कालोपत्रेको चरणमा रहेको कुश्मा कार्कीनेटा सडकले खौलाडाँडालाई झन् साथ दिएको छ । कुश्मा १३ खौलाको तल्लो भाग चालिसेडाँडा सबै क्षेत्रको पहँुच रहे पनि सडकले भने छोएको छैन ।

यहाँका स्थानीय बस्तीलाई नगरभित्रको सडक ढलान योजनाले नछुने हो कि?भन्ने चिन्ता छ । टोलका सडकलाई ढलान गर्दै कुस्मानगरले रिंगरोडको काम सुरु गरेको छ । तर,खौलाको चालिसेडाँडा यसमा समावेश हुन सक्ने सम्भावना न्यून छ । तत्कालीन खौला गाविस २०७३ फागुनमा कुश्मा नगरपालिकामा गाभिएको थियो । नगरपालिका बनेपछि यातायातको समस्या समाधान हुने अपेक्षा गरेका स्थानीयले सुविधा पाउने छाँटकाँट छैन । ‘हिजो दुर्गम गाविस भयो भनेर नगरमा गाभ्दा सबै खुसी थिए ।

Advertisement

चलिसेडाँडालाई रिंगरोडमा समावेश गर्ने स्थानीयको आशा अझै मरेको छैन । नगरपालिका बनेपछि गाउँलेको पहलमा बस्तीलाई छुने मोटरबाटो बामरा स्कुलसम्म पुर्‍याइयो । स्थानीय शिक्षक ढाकाराम पौडेलले भने, ‘चालिसेडाँडा सडकलाई नगर रिंगरोडले नछुने हो भन्दा स्थानीय सरकार भएजस्तो अनुभूति भएन । बस्तीका स्थानीय हर्षले गद्गद् थियौं,’ उनले भने, ‘बाटोको सहज पहुँच नहुने र बस्तीलाई नछुने भएपछि पहिलो खनेको बाटो बेकामको होला भन्ने पिर छ ।’
‘चालिसेडाँडा सडकलाई नगररिंगरोडमा पार्न भन्दै गाउँलेले योजना तयार पा¥यौं,’ सडक निर्माण समितिका उपाध्यक्ष नारायण पौडेलले भने, ‘फाइल मेयरलाई बुझायौं, अब काम सुरु हुने दिनको प्रतीक्षा गरेका छौं ।

गाउँ पुगेका नगरप्रमुख रामचन्द्र जोशीलाई स्थानीयले बिन्ती बिसाए । ‘८ वर्ष पहिला खनेको बाटो पिच गरिपाऊँ । ‘मेयर साब यो बस्तीलाई पनि रिंगरोडमा पारिदिनुस्,’ स्थानीय अर्जुन पौडेलले भने,‘हाम्रो डाँडालाई ओझेलमा नपार्नुहोस् ।’

Advertisement

‘यो कुरा मैले बुझेको छु । सडक हर्ने इन्जिनियरलाई बस्तीमा जान निर्देशन दिन्छु,’ योजनाको फाइल बुझ्दै मेयर जोशीले भने, ‘रिंगरोडमा पार्ने योजना भएपछि पारिछाड्छौं । यसबारे सुनेको थिएँ, आफैँले हर्न पाएँ काम हुन्छ, ढुक्क हुनुहोस् ।’ उनले खौलाका अन्य बस्तीसमेत अवलोकन गरेका छन् ।

तपाईको प्रतिक्रिया