पर्सामा १९ बन्दीले दिए एसइई परीक्षा

समाधान संवाददाता २०७५ चैत १० गते १४:०८
P;OO{ k/LIff lbFb} s}bL cfOtaf/b]lv z'? ePsf] dfWolds lzIff k/LIff -P;OO{_sf] lhNnf sf/fuf/ g'jfsf]6af6 k/LIff lbFb} st{Jo Hofg d'2fsf s}bL d':sfg tfdfª / ha/h:tL s/0fL d'2fsf s}bL nId0f u'?ª . t:jL/ M /fdxl/ Gof}kfg], a]qfjtL -g'jfsf]6_, /f;;

रासस, पर्सा

विभिन्न अपराधमा कैद सजाय भोगिरहेका १९ युवा आज वीरगञ्जबाट मध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी भएका छन् । एसइई परीक्षाको आज पहिलो दिन नियमित अङ्ग्रेजी विषयको परीक्षामा वीरगञ्ज कारागारबाट १६ र बाल सुधार केन्द्रबाट तीन जनाले सहभागिता जनाएका हुन् । 

लागुऔषधलगायत मुद्दामा पक्राउ परेका युवालाई कडा सुुरक्षा व्यवस्थाका बीच कारागारभित्रै परीक्षा दिने व्यवस्था मिलाइएको कारागारका निमित्त प्रमुख गणेश भण्डारीले जानकारी दिनुभयो । उहाँले वीरगञ्ज कारागारबाट १६ र बाल सुधार केन्द्रबाट तीन युवा परीक्षामा सहभागी भएको बताउनुभयो । 

Advertisement

कारागार परिसरमा विद्यालयका शिक्षकले कैदी–बन्दीलाई परीक्षाको पूर्वतयारी गराइएको निमित्त प्रमुख भण्डारीले जानकारी दिनुभयो । एसइई परीक्षामा सहभागिताका लागि यस वर्ष पर्साबाट नियमिततर्फ सात हजार ८५७, पुनःपरीक्षातर्फ ३५० र प्राविधिक विषयतर्फ १८२ले फारम भरेका छन् । उक्त परीक्षाका लागि वीरगञ्ज महानगरपालिकाभित्र १४ र ग्रामीण क्षेत्रमा १० गरी जिल्लामा कूल २४ परीक्षा केन्द्र तोकिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया