ड्याट्सन गाेको नयाँ भर्सन बजारमा

समाधान संवाददाता
पोखरा
‘ड्याट्सन गो’ कारको नयाँ भर्सन अर्थात ‘अल न्यु ड्याट्सन गो’ पोखराबाट बिक्री सुरु भएको छ । ड्याट्सन ब्रान्डका गाडीको गण्डकी धौलागिरी क्षेत्रको बिक्रेता थ्रिएस ट्रेड हाउसले आइतबार गाडी बिक्री सुरुवात गरेको हो । पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलले बिक्री सुरुआत गरेका हुन् ।
मध्यम वर्गलाई लक्षित गरी नेपाली बजारमा बिक्री भइरहेको ड्याट्सनले छोटो समयमा ग्राहकको विश्वास जित्न सफल भएको पोखरेलले बताए । नेपाली बजारमा भित्रिएको ड्याट्सन कारले छोटो समयमै निकै राम्रो व्यापार गरिरहेको कम्पनीको दाबी छ । बजारमा ड्याट्सन गो गाडीको नयाँ खरिद मूल्य २४ लाख ९९ हजार रुपैयाँबाट २६ लाख ९९ हजार रुपैयाँसम्म छ ।
विभिन्न ३ मोडलका गाडी बिक्री भइरहेको थ्रिएस ट्रेड हाउसका निर्देशक गोपाल बरालले जानकारी दिए । ‘गो ए (०)’, ‘गो टि’ र ‘गो ओ’ बजारमा उपलब्ध छन् । ‘यो नयाँ भर्सनको गाडीमा अभूतपूर्व विशेषता छन्,’ बरालले भने, ‘विद्यमान रहेका विशेषता र आरामदायी सुरक्षा तथा स्टाइलिस सवार ड्राइभिङ अनुभवको जीवन्तता प्राप्त गर्न सकिन्छ ।’
यो कारमा जापानीज प्रविधियुक्त इन्जिन, बस्नका लागि धेरै स्पेस तथा सुरक्षा जस्ता पक्षको सर्वोत्तम प्याकेज गरेको उनले बताए । गाडीमा राइड कन्ट्रोल एडभान्स सस्पेन्स सिस्टम तथा १.२ सि एचआर १२ पेट्रोल इन्जिन छ । जसले प्रतिलिटर १९.८६ किलोमिटर माइलेज प्रदान दिन्छ ।
नयाँ ड्याट्सन गोमा २८ विभिन्न विशेषता तथा १०० प्लस अपडेट छन् । फस्टइन सेगमेन्टमा एन्ड्रोइड अटोप्ले र एप्पलकार प्लेको साथ ७ इन्चको टच अडियो, १४ इन्चको डाइमन्ड कट अल्लोइ ह्विल, डुअल एयरब्याग, एबिएस तथा इबिडी पार्किङ सेन्सर, १८० एमएमको ग्राउन्ड क्लियरेन्स, २४५० एमएमको ह्विलबेस, २६५ लिटरको बुथस्पेस, ४.६ एमएमको टर्निङ रेडियस, १.२ लिटरको ३ सिलिण्डर पेट्रोल इन्जिन छ । जसको ६८ एचपी पावर र १०४ एनएम टर्क जेनेट गर्ने बरालले जानकारी दिए । बिक्री सुरुवातको अवसरमा गाडी खरिद गर्दा १ लाखदेखि १ लाख २५ हजारसम्म छुटको व्यवस्था छ ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया