गण्डकीलाई कति चाहिन्छ दुध ?

समाधान संवाददाता २०७५ चैत २० गते १४:०४

पुण्यप्रसाद पौडेल

नेपाल हालसम्म कृषिप्रधान देशको रुपमा छ । नेपालको कुल जनसंख्यामा ५८ प्रतिशत मानिस कृषिमा पेसामा संलग्न छन् । दोस्रो, कुल ग्राहस्थ उत्पादनको २८.८ प्रतिशत कृषि क्षेत्रबाटै प्राप्त हुन्छ । कुल राष्ट्रिय ग्राहस्थ उत्पादनमा दूध क्षेत्रको ११.७ प्रतिशत दूध क्षेत्रको योगदान छ ।

यस्तो महत्वपूर्ण विषयमा सरकारले महत्व दिनुपर्नेमा त्यस्तो नगरेको पाइन्छ । ०७३÷०७४ को पशुपक्षी पालन क्षेत्रले देशको कुल ग्राहस्थ उत्पादनमा करिब ११.७ प्रतिशत र कुल कृषिमा २८.८ प्रतिशत योगदान छ । पशुमा गाई ३१.३ प्रतिशत र भैंसी ६८.७ प्रतिशत छन् ।

Advertisement

कुल राष्ट्रिय दूध वार्षिक उत्पादन १७ लाख ३४ हजार लिटर उत्पादन भएको देखिन्छ । दूधको न्यूनतम प्रतिव्यक्ति उपभोग ९१ लिटर आवश्यक पर्ने मापदण्ड युएनओबाट कायम गरिएको छ । यो मापदण्डमा नेपाल पुग्न नसकेको देखिन्छ । तर गण्डकी प्रदेशले भने यस मापदण्डलाई उछिन्दै छ ।

माथि भनिएकोमा देशको युएनको निम्नतम उपभोक्ता मापदण्ड ९१ लिटर प्रतिव्यक्ति पुगेन भन्ने छ । तर गण्डकी प्रदेशले त्यो मापदण्डलाई पार गरेको देखिन्छ । यो प्रदेशमा तथ्यंकीय आधरमा गाईको संख्या ४ लाख ८९ हजार ४ सय २४ वटा, भैंसीको संख्या ६ लाख ७२ हजार । ३० छन् । यिनीहरुबाट प्राप्त दूध वार्षिक २ लाख ७४ हजार ७ सय १८ लिटर उत्पादन हुन्छ ।

Advertisement

हाम्रो प्रदेशमा प्रतिव्यक्ति दूधको उपलब्धता १ सय ११.३ लिटर देखिन्छ । सबभन्दा बढी दूध उत्पादन कास्की जिल्लामा ७१ हजार ६ सय २८ लिटर मेट्रिक टन छ । यहाँको जनसंख्या पनि अरु प्रदेशमा भन्दा बढी छ । सबभन्दा कम मनाङ र मुस्ताङमा क्रमश १ सय ५९ लि, ४ सय ८३ लि उत्पादन हुन्छ । कास्कीपछि तनहुँ, स्याङ्जा, नवलपुर, बागलुङ, लमजुङ, पर्वत र गोरखा पर्छन् । प्रतिव्यक्ति दूध उपलब्धतामा स्याङ्जा, तनहुँ र कास्की क्रमश १ सय ९५.१, १४ सय ४.६ र १ सय २९.७ लिटर पर्छ ।

हामीले जुन तथ्यांक पाएका छौं, त्यो दूधको वास्तविक तथ्यांकीय बिक्री बजार पोखरा महानगरपालिका भएको तथ्यले देखाउँछ । पोखरामा मात्र १३ भन्दा बढी दूध प्रशोधान उद्योग छन् । ती उद्योगको प्रशोधन क्षमता ६० हजार लिटरभन्दा बढी छ र हालमा ४० हजार लिटरमात्र प्रशोधन भएको छ ।

कास्की जिल्लामा रहेका उद्योगमा कास्कीमा उत्पादित दूधमध्ये २२ हजार ९ सय २२ लिटरमात्र उद्योगमा गएको छ । बाँकी दूध १६ हजार २ सय ७ लिटर खुला बिक्री हुने गरेको छ । अझ राम्रोसँग अध्ययन भएमा खुला दूध त घरमा उपयोग गर्ने र प्रशोधित दूध केबल चिया–कफी र अन्यमा प्रयोग हुने गरेको छ । यदि धेरै मात्राको खुला दूधलाई व्यवस्थित गर्ने हो, राज्यको दूध निर्देशिकाबाट प्रतिबन्धित बन्न सक्छ । त्यस कारणले उहाँहरु मिलेर सहकारी गठन गरेर सहकारी दूध उद्योग खोल्ने र सरकारबाट आवश्यक अनुदानको व्यवस्था गर्नुपर्ने देखिन्छ । यसो भएमा किसानले उत्पादन गरेको दूध व्यवस्थित हुने र किसानको हौसला निरन्तर बढ्छ ।

हाल चलिरहेका उद्योगमा कास्कीका अलवा तनहुँ, नवलपुर, चितवन र स्याङ्जाबाट दूध आपूर्ति गरिंदै आएको छ । खुला दूधमात्र १६ हजार २ सय ७ लिटरमात्र नभएर अन्य जिल्लाको केही आयतीत खुला दूध पनि संलग्न भएकाले तथ्यांकभन्दा बढी दूध बेचिन्छ । यो पनि आँकडामा आउन आवश्यक छ । अब गण्डकी प्रदेशमा दूधको प्रतिव्यक्ति उपभोग १ सय ११.३ लिटर हँुदा युएनओको न्यूनतम मात्रा भन्दा बढी बेचिन्छ ।

दूध सबभन्दा बढी कास्कीले उत्पादन गरे पनि जनसंख्याको हिसाबले प्रदेशभरिको जनसंख्याको २० प्रतिशतभन्दा बढी जनता यही जिल्लामा निवास गर्छन् । अर्को यो प्रदेशको राजधानी पोखरा भएकाले दैनिक प्रशासनिक कामको सिलसिलामा हजाराैं मानिस आउने गर्छन् ।
पोखरामा प्रकृतिक मनमोहक दृष्य हेर्न हजाराैं स्वदेशी र विदेशी पर्यटन भित्रिने हुँदा अन्य जिल्लाभन्दा कास्की प्रदेशको व्यापारिक केन्द्र र पर्यटनको मुख्य गन्तव्य बनेको छ । सो कारण मानिसको आगमन दैनिक बाक्लो हुन्छ । यी सबै कारणबाट पोखरामा यसको विकास र उपभोगबाट बचत दूधको स्वदेश र विदेशमा व्यापारका लगि वातावरण बनाउँदै लानुपर्ने हुन्छ ।

गण्डकी प्रदेशको ०७४÷७५ मा कुल दूध उत्पादन २ लाख ७४ हजार ७ सय १८ मिली लिटर देखिन्छ । जसबाट यो प्रदेशमा प्रतिव्यक्ति जनतामा १ सय ११.३ लिटर पर्ने हुँदा सामान्य युएनको न्यूनतम मापदण्ड पुगे पनि विदेश र स्वदेशबाट कम्तीमा १० लाख वार्षिक पर्यटक आउने हामी अनुमान लगाएका छौं । ती आउने पर्यटकमध्येमा आधाले दूध सेवन गरेमा हालको दैनिक उत्पादनले उपभोगलाई धान्दैन । अब गण्डकी प्रदेशमा आउने पर्यटक र बढेको जनसंख्यालाई पनि पुग्ने र मानिसको आर्जनमा वृद्धि हुँदै जाँदा ती बढेको जनसंख्यामा मात्राका आधारमा दूध पुर्‍याउँदै बृद्धि गर्दै गएमा बाहिरसमेत बिक्री हुने गरी उत्पादन गराउन उपयुक्त वातावरण छ ।

हालको वृद्धिदरमा वृृद्धि गरिंदै जाँदा कन्डन्सन दूध, बेबी दूध र पाउडर उत्पादन गर्न लगाउने गरी मूल्य संख्यामा दूध उत्पादकलाई लानका लागि प्रोत्सान दिंदै जाने हो भने यो प्रदेश देशको मुख्य दूध उत्पादन प्रदेश बन्न नसक्ने कुने कारण छैन । तर हालमा हामी कहाँ भएको दूधको मात्रालाई बजार अभाव छ । यो अभाव हटाउन सबै खालका सरकारबाट संयुक्त प्रयास भएमा पक्कै रोजगारीमा वृद्धि हुनेछ ।

कच्चा दूध बजारमा बिक्री नभएको अवस्थामा धुलो दूध उत्पादनमा लगाउने गरिएको छ । यो धुलो दूधका लागि उद्योगमा दूध उपलब्ध गराउँदा दूधको लागत मूल्यभन्दा धेरै कम मूल्य प्राप्त हुने हुँदा किसानमा निरशा पैदा भएको छ । फलत उत्पादनमा नकारात्मक अवस्था आउन सक्छ । त्यस्तो अवस्थामा राज्यको नीतिले उपचार गराउनु पर्छ ।

यहाँ गोरखा, नवलपुर र तनहुँबाट पनि केही कच्चा दूध काठमाडौंमा पनि जाने गरेको छ । केबल कास्कीको २ वर्षको तथ्यांकबाट गत वर्ष २३ हजार ५ सय ६५ लिटर प्रतिदिन बजारमा गएकोमा यस वर्ष ३९ हजार १ सय २९ लिटर बजारमा आउँदा उत्पादनमा १ वर्षमा १५ हजार ४ सय ६४ लिटर बृद्धि भएकाले मानिसको यो पेसामा आकर्षित भएको देखिन्छ । यही अनुपातमा दूध उत्पादनमा लाग्ने हो भने यो प्रदेशमा उत्पादित दूध देशका अन्यभागमा मात्र नभएर विदेशमा समेत निर्यात गर्न सक्ने अवस्था छ ।

दूध उत्पादनमा सरकार किसानमैत्री नबन्दा त दूधमा यो प्रदेश आत्मनिर्भर बन्न लागेको छ यदि किसानमैत्री विश्वका मुलुक अमेरिका, भारत, चीनका झंै यहाँ पनि सरकारले किसानमैत्री अनुदानको व्यवस्था गर्नसकेमा धुलो दूध, कन्डन्सन दूध, बेबी दूध लगायत निर्यात योग्य दूध उत्पादन गरेर अगाडि जान सक्ने अवस्था बन्न सक्छ ।

प्रदेशको सदरमुकाममात्र नभएर पोखरा देशकै पर्याटकीय केन्द्र हुनाले यो सहरमा सबभन्दा बढी पर्यटक आउनु स्वाभाविक हुन आउँछ । ०७४÷७५ मा मात्र यो प्रदेशमा ४ लाखभन्दा बढी विदेशी र ६ लाख जति स्वदेशी पर्यटक आएको अनुमान गरिएको छ । माथि देखाइएको तथ्यांक केबल प्रदेशमा बस्ने स्थानीयको आधरमा हो तर आगन्तुक १० लाख जोड्दा ३४ लाखभन्दा बढी जनसंख्यालाई दूध पुर्‍याउन हालको उत्पादन अपुग हुन्छ ।

आवश्यकता बढेसँगै दूधको उत्पादन गरेर पूर्ति बढाउनु र आगामी वर्षमा योजना अनुसार २० लाख पर्यटन र २.७ प्रतिशतको हिसाबले बढेको जनसंख्या गणना गर्दा र जनतामा दूधको उपयोग गर्ने बानीमा परिर्वतन भयो भने अझ धेरै बढाउनु आवश्यक हुन्छ । अन्तरिक बजारमा जे देखियो त्योभन्दा अझ माथि जान्छ भन्ने जनसंख्या वृद्धिको हिसाबले देखाएको छ ।

अतः गण्डकी सरकार र यो प्रदेशभित्रका स्थानीय सरकारले समेत अबको न्यूनतम ५ वर्षका लागि योजना बनाएर अघि बढ्नुपर्ने देखिन्छ । दूधमा खपत लगभग हाललाई पुगेको छ तर अन्य प्रदेश र विदेशमा निर्यातमा गर्ने योजना बनाएमा यो प्रदेशमा दूध उत्पादन बढाउने अवस्था बनाएमा दूधमा यो प्रदेशको भविष्य राम्रो छ ।

तपाईको प्रतिक्रिया