कागबेनीमा श्राद्ध गर्न १० हजार तिर्थालु, एकैदिन ७ सय सवारी भित्रिए

सुन्दरकुमार थकाली
मुस्ताङ
मुस्ताङमा तिर्थालुको रौनक छाएको छ ।चैते दशै औसीको मेसोमेलो मिलाएर नेपालका बिभिन्न भागबाट धार्मिक तिर्थालु मुस्ताङ ओईरिएका हुन् ।
मुस्ताङमा वर्षेनी सिजनको २ पटकको औंसी तिथिमा श्रद्धालु भक्तजनको ओईरो लाग्ने गर्छ । बडा दशैं १६ श्राद्ध औंसी र चैते दशैं औंसी तिथिमा कागबेनीमा श्राद्ध तथा तर्पण गर्न आन्तरिक तिर्थालुको भीड लाग्ने गरेको हो । यही तिथि छोप्दै कागबेनी श्राद्ध गर्न १० तिर्थालु भित्रिएको जोमसोम ट्राफिक कार्यालयले जनाएको छ ।
जिल्ला ट्राफिक कार्यालय जोमसोमका ट्राफिक असई बिष्णुपल्ली मगरका अनुसार बिहिबार मात्रै ७ सय ५ सवारी साधन मुस्ताङ भित्रिएको जानकारी दिए । जसमा यात्रु बाहक बस ९५ , जीपकार ४ सय ७५ , माटरसाईकल एक सय, मालबाहक ट्रक २८ र ट्रयाक्टर ७ छन् ।
औंसी तिथिकै कारण अघिल्लो दिनहरुको तुलनामा ७५ प्रतिशत सवारी साधन बृद्धि भएको असई मगरले बताए । उनले बुधबारका दिन १ सय ५७ सवारी भित्रिएकोमा बिहिबार दुई तिहाईले सवारी साधन मुस्ताङमा भित्रिएको उनको अनुमान छ ।
सरकारले सिन्डिकेट प्रथा भङ्ग गरेपछि मुस्ताङ भित्रिने बिभिन्न प्रकारका सवारी साधनलाई सहज भएको हो । सवारी खोज्ने र सवारी व्यवस्थापनका लागि बिगतको जस्तो झन्झटिलो व्यवहोर्न नपर्ने भएको हो । मुस्ताङमा सार्वजनिक सवारी भन्दा बेशी निजि र हरियो नम्बर प्लेटका सवारी साधन बढी भित्रिएको जिल्ला ट्राफिक कार्यालय जोमसोमले जनाएको छ ।
बिगत वर्षको तुलनामा यसवर्षको चैते औसीमा धार्मिक तिर्थालुको संख्या न्यून भएको मुस्ताङका होटल व्यवसायीहरुको भनाई छ । पोखरा÷बाग्लुङको मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोरको बेनी÷जोमसोम÷कोरला सडक आयोजनामा ठाउँ ठाउँमा समय तालिका निर्धारण गरिएकाले मुस्ताङ आउने तिर्थालु घटेको उनीहरुले बताए । जोमसोमका होटल व्यवसायी राकेश भट्टचनले भने ‘समय तालिकाले मुस्ताङ आउने यात्रु बाटोमा घण्टौ जाममा बस्न बाध्य छन् ,करिडोर सडकले चैते दशैमा पनि यात्रु सुविधाका लागि समय तालिका समायोजन गरेन ।यात्रा पट्यारिलो हुने सूचनाले तिर्थालुको मनस्थिती बदलिएको हो ।’
औंशी मेलोकै कारण जोमसोम, कागबेनी र मुक्तिनाथका होटल बुधबार देखि भरिभराउ हुन थालेका छन् । यस्तै बेनी देखि मुस्ताङ आउने सडकमा संञ्चालित होटलहरु पनि तिर्थालुले भरिएको होटल सियू लजका संञ्चालक अमित तुलाचनले जानकारी दिए । कागबेनी तिर्थ स्थल वरपरका साना ठुला सबै होटल आन्तरिक तिर्थालुले भरिएको छ भने, धर्मशाला बस्ने तिर्थाल पनि उक्तिकै छ । मुस्ताङको कागबेनीधाम धार्मिक दृष्ट्रिले प्रसिद्ध तिर्थस्थल मानिन्छ ।
हिमालय पर्वतबाट बहने पवित्र कागबेनी पिण्डस्थलमा आफ्ना दिवंगत पितृहरुको श्राद्ध तथा पिण्डदान गर्नाले मोक्ष प्राप्त हुने धार्मिक बिस्वास छ । कागबेनीधाममा १ दजर्न पुजारी श्राद्ध गर्नका लागि खटिएका छन् । मुक्तिनाथबाट बहने खोला र कालिगण्डकी नदीको दोभानमा पितृको नाममा श्राद्ध गर्ने चलन छ । कागबेनीमा पिण्डदान गर्न आएका तिर्थालु श्राद्ध भ्याएर मुक्तिनाथ दर्शनका उकालो उक्लन्छन् ।
औंशी तिथिमा तिर्थालुको हितमा ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङले सुरक्षा तथा स्वास्थ्यकर्मीको टोली खटाएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार धार्मिक तिर्थ गर्न आउनेहरु प्राय उमेर नाघेका बढी हुने भएकाले स्थानीय प्रशासनले उच्चसर्तकता अपनाएको बताए । यस्तै वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले पनि तिर्थालुको सुविधाका लागि आन्तरिक व्यवस्थापन गरेको प्रमुख प्रशासकिय अधिकृत दिपक रेग्मीले जानकारी दिए ।
हवाई सेवा मार्फत अधिकाँश भारतिय तिर्थालु
हिउँदयामपछिको वशन्त ऋतुको आगमनसंगै मुस्ताङमा दैनिक २ सयको संख्यामा भारतिय तिर्थालु मुस्ताङ भित्रिएको एक्याप जोमसोम चेकपोष्टले जनाएको छ ।एक्यापका अनुसार मुक्तिनाथ दर्शनका लागि भारतिय पर्यटक बढेको र चक्रिय अन्नपूर्ण पदमार्ग हुँदै दैनिक सय बढी बिदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् । यस्तै धावनमार्ग हुँदै मुस्ताङ आउने तिर्थालुको संख्या पनि वृद्धि भएको चेकपोष्टले जनाएको छ ।
मुस्ताङमा तारा एयरलाईन्स र समिट एयरलाईन्सले जोडेर दैनिक ८ देखि १० वटा उडान भर्दै आईरहेको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख भानुभक्त कोईरालाले जानकारी दिए । उनले हवाई सेवा मार्फत मुस्ताङ आउनेमा अधिकाँश भारतिय रहेको बताए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया