कास्कीमा एक भरुवा बन्दुक मात्र अवैध हतियार

समाधान संवाददाता २०७५ चैत २४ गते १२:१५

समाधान संवाददाता, पोखरा

मादी गाँउपालिका २ का ८२ वर्षीय जोकबहादुर गुरुङले १ थान भरुवा बन्दुक प्रहरीलाई बुझाएका छन् । लाइसेन्स नभएको बन्दुक बुझाएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनले शनिबार अस्थायी प्रहरी चौकी सिल्दुजुरेमा बुझाएका हुन् ।

चैत १ गते जिल्ला प्रशासन कार्यालय कास्कीले बिनाकागजात राखिएका हात हतियार बुझाउन ३५ दिने सूचना जारी गरेको थियो । सूचनामा नजिकैको प्रहरी चौकी, जिल्ला प्रशासन कार्यालय तथा नेपाली सेनाको ब्यारेकमा बुझाउन भनिएको थियो । ३५ दिनभित्र हातहतियार बुझाउनेलाई कानुनी कारबाहीसमेत नगरिने सूचनामा उल्लेख छ ।

Advertisement

गत २८ फागुनमा बसेको मन्त्रिपरिषद बैठकले नेत्रविक्रम चन्द विप्लव समूहलाई प्रतिबन्ध लगाएलगत्तै जिल्ला प्रशासनले हातहतियार बुझाउन सूचना निकालेको थियो । विप्लब समुहले हतियार प्रयोग गर्न थालेको आशंकामा नेपाल सरकारले यस्तो अभियान सञ्चालन गरेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया