तारा एयरको विमान धावनमार्गमा चिप्लियो

समाधान संवाददाता २०७६ वैशाख ९ गते ११:४९

समाधान संवाददाता, रामेछाप

रामेछापको मन्थली विमानस्थलमा आज बिहान करिब ९ बजे तारा एयरको विमान दुर्घटना भएको छ ।

सोलुबाट मन्थली आएको विमान अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर दुर्घटना भएको हो । विमानमा १४ यात्रु सवार थिए । दुर्घटनामा कुनै मानवीय क्षति भने नभएकाे मन्थली विमानस्थल कार्यालयले जनाएको छ ।

Advertisement

दुर्घटना भएकाे विमान रनवेको छेउमा रहेका कारण उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मत सुरु भएपछि काठमाडौँबाट सोलु जाने विमानहरुले मन्थली विमानस्थलबाट सोलुको लागि उडान भर्ने गरेका छन् ।

Advertisement

मन्थलीमा हिजो अपराह्न ठूलो वर्षा भएको थियो । वर्षाले विमानस्थल भिजे पनि आज बिहानैदेखि विभिन्न कम्पनीका विमानहरुले उडान भर्न सुरु गरेका थिए ।

तपाईको प्रतिक्रिया