एक बर्ष भित्र महाधिवेशन गर्ने प्रचण्डको घोषणा

समाधान संवाददाता २०७६ वैशाख ९ गते १४:२४

समाधान सम्वाददाता

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक वर्ष भित्र महाधिवेशन गर्ने घोषणा गरेका छन् । आइतबार नेकपाका जिल्ला कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाएपछि उनले पार्टी एकताको फलामे ढोका फोरिएको दावी गरेका हुन् ।

उनले जिल्ला नेतृत्व घोषणालाई पार्टी एकताको अन्तिम फलामे ढोका फोरिएको दावी गरेका छन् ।

Advertisement

‘अन्तिम फलामे ढोका हामीले फोरिदिएका छौं’ उनले भने ‘यो फलामे ढोकाजस्तै थियो । किनकी गाँठो हाम्रो त्यहीँनिर परेको थियो, मुख्य गाँठो फुकेपछि अरु गाँठो सजिलै फुक्नेछ ।’

‘हिजो राम्रो गर्छौ भन्दाभन्दै गाँठो कस्सिदै गयो । राम्रो गरौं भनेर कार्यदल बनायौं, झन् गाँठो कसिदै गयो । बरु पहिलेकै ठाउँमा जाउँ, जे छ त्यसलाई जस्ताको तस्तै आत्मसात गरौं भनेर यो ठाउँमा आयौं ।’ प्रचण्डले भने ।

Advertisement

तपाईको प्रतिक्रिया