लायनवादमा निस्वार्थ र निरन्तर सक्रियता नै मेरो जीतको आधार

समाधान संवाददाता २०७६ वैशाख १० गते १९:४६

लायन विशेश्वर आचार्य
सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर पदका उम्मेदवार
लायन्स डिस्ट्रिक्ट ३२५ बि १ नेपाल

नपाली लायनवादको क्षेत्रमा उज्यालो नक्षत्र बनेर चम्केका सक्षम युवा लायन लिडर हुन विशेश्वर आचार्य । २ दशक अघि लायन्समा प्रवेश गरेदेखि अहिलेसम्म लायनवादको यात्रामा निरन्तर सक्रीय रही रहे । थाकेनन् उनका पाइलाहरु, लम्किरहे निरन्तर सेवाका कार्यमा । प्रत्येक क्लबसँग सुमधुर सम्बन्ध स्थापित गर्न सफल रहँदै लायन्सका नयाँदेखि पुराना सदस्यहरुसँग घुलमिल भइरहे । सहकार्यका हातहरु निरन्तर अगाडि बढाइरहे, कहिल्यै बिचलित भएनन् । भन्छन्, मेरो नशा–नशामा लायनवाद बगेको छ, अबको मेरो सम्पूर्ण जीवन लायन्सवादमा समर्पित गर्नेछु ।
राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत राम्रो प्रभाव पार्न सफल आचार्य यतिबेला एउटा परीक्षामा होमिएका छन् । लायनवादको यात्रामा लामो समयको सक्रियता र निरन्तरताको यात्राकाबीच उनी लायन्सको नेतृत्व लिने अभियानमा छन् । युवा पुुस्ताका लोकप्रिय, अग्रजका प्रिय अनि भरोसायोग्य लायन्स लिडर आचार्य यही वैशाख १३ र १४ गते पोखरामा हुने लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बि १ नेपालको सातौं महाधिवेशनमा सेकेन्ड भाइस गभर्नरको उम्मेदवार भएर प्रस्तुत भएका छन् । लोकप्रिय लायन्स लिडर आचार्यको लायन्सप्रतिको योगदानको सम्मान गर्दै अधिकांश पूर्व गभर्नरहरु, लायन्स अग्रजहरु र धेरै क्लबहरु सेकेन्ड भाइस गभर्नरमा विशेश्वर आचार्यलाई जिताउन खुलेर लागेका छन् । यो माहोल हेर्दा आचार्यको जीत निश्चित देखिन्छ ।
लायन्स सदस्यका मनमा बस्न सफल, बौद्धिक एवं सामाजिक व्यक्तित्व आचार्यलाई लायन्स क्लब अफ पोखरा सेन्ट्रलले द्वितीय भाइस गभर्नरमा प्रस्तुत गरेको छ । ‘त्याग र निष्ठामा अडिएर आफ्नो सम्पूर्ण जीवन लायन्स मार्फत समाज सेवामा समर्पित गरेको छु,’ उनी भन्छन्, ‘निस्वार्थ भावनाका साथ सामाजिक क्षेत्रमा होमिँदै लायनवादको यात्रामा भएको मेरो सक्रियता नै चुनाव जीतको आधार मानेको छु ।’ चुनावी अभियान सुरु गरेदेखि पोखरा, काठमाडौं र मोफसलका लायन्स साथीहरुसँगको भेटघाटमा देखिएको आफूप्रतिको लहरले जीत सुनिश्चित भइसकेको आचार्यको विश्लेषण छ ।
गण्डकी प्रदेशकै प्रतिष्ठित नोभेल एकेडेमीका संस्थापक अध्यक्ष, वैदिक भिलेज रिसोर्ट र नोभेल इन्स्टिच्युटका फाउन्डर आचार्य अजोड इन्सुरेन्स कम्पनी लि, सुपर मोदी हाइड्रोपावर, रुदीखोला हाइड्रोपावरको प्रमोटर समेत छन् । सामाजिक उत्तरदायित्व बहन गर्दै नेपालमा उद्यमशीलताको विकास र प्रवद्र्धन गर्न स्थापित नोभेल युनुस सेन्टरको अध्यक्ष, नोभेल फाउन्डेसनको उपाध्यक्ष र पोखरा जेसिसको अध्यक्ष समेत भइसकेका आचार्यले एमबिएसम्म अध्ययन गरेका छन् । द्वितीय भाइस गभर्नरका उम्मेद्वार आचार्य एमजेएफ डोनर र एनएलएफको प्लाटिनम लिड डोनर तथा टियु लायन्स ब्लड बैंकका संस्थापक सदस्य पनि हुन् ।
लायन्स क्लब अन्तर्राष्ट्रियले प्रदान गर्ने रिजनल लायन्स लिडरसिी इन्स्टिच्यूट, सिनियर लायन्स लिडरसिप इन्स्टिच्यूट एसएलएलआई २००९ र फ्याकल्टी डेभलपमेन्ट इन्स्टिच्युट (एफडिआई) बाट समेत दिक्षित छन् । नेतृत्व विकासको क्षेत्रमा दिइने ‘सक्सेस’ मन्त्रका विज्ञका हैसियतले १ सय ५० भन्दा बढी क्लबहरुलाई प्रशिक्षण प्रदान गरिसकेका आचार्य डिस्ट्रिक्टको आयोजनामा हुने स्कुलिङ तथा अभिमुखीकरण तालिमहरुमा प्रत्येक वर्ष स्रोत व्यक्तिको काम पनि गरिरहेका छन् । विभिन्न प्रकारका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वर्कसप, सेमिनारहरुमा लिड टे«नर, किनोट स्पीकरको रुपमा सहभागी भइसकेका छन् आचार्य । स्वदेश तथा विदेशमा समेत गरेर दश हजार भन्दा बढी व्यक्तिहरुलाई सफल तथा असल नागरिक हुनको लागि अभिप्रेरित गर्दै विज्ञको रुपमा प्रशिक्षण दिइसकेका आचार्य अब डिस्ट्रिक्टको नेतृत्व गरी नेपाली लायनवादलाई थप उचाईमा पु¥याउने लक्ष्य र सोचका साथ अगाडि बढिरहेका छन् ।
३५ वटा भन्दा बढी लायन्स क्लबहरुको एक्सटेन्सन चेयरपर्सन÷अर्गनाइजर तथा शर्टिफाइड गाइलिङ लायन भएका आचार्यको एलसिआइएफबाट नेपालमा प्रोजेक्ट ल्याउने कुरामा अतुलनीय योगदान छ । लायन वर्ष २०१५÷१६ मा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्टयान्डर्ड ग्रान्ट अन्तर्गत मुटुरोग उपचार केन्द्र स्थापनाका लागि १ लाख डलर प्राप्त गर्ने सन्दर्भमा होस् वा लायन वर्ष २०१६÷१७ मा लेखनाथ लायन्स अस्पतालमा १ करोड ५० लाखको लागतमा मातृशिशु कक्षा स्थापना गर्न प्रोजेक्ट चियरपर्सनको रुपमा उनले महत्वपूर्ण योगदान पु¥याए । धादिङ जिल्ला अस्पतालमा मातृशिशु कक्ष निर्माणको लागि प्रोजेक्ट प्रपोजल समन्वय गर्नमा समेत उनको विशेष योगदान छ ।
पिता शिवप्रसाद आचार्य तथा माता नन्दकली आचार्यको कोखबाट कास्की जिल्ला निर्मल पोखरी–१ बाघमारामा ४२ वर्ष अघि जन्मिएका विश्वेश्वर आचार्य १९९८ जुलाई ३१ मा पोखराकै छैटौं क्लबको रुपमा स्थापित लायन्स क्लब अफ पोखरा सेन्ट्रलको सदस्य बनेर क्लबमा प्रवेश गरे । क्लबको सदस्य, सहसचिव, पिआरओ, तृतीय उपाध्यक्ष, द्वितीय उपाध्यक्ष हुँदै लायन वर्ष २००६÷००७ को क्लब अध्यक्ष भए । अध्यक्ष भएपछि उनको लायनवादको यात्रा अझ बढी सक्रियताका साथ अगाडि बढिरह्यो । हरेक डिस्ट्रिक्ट गभर्नरले उनलाई कुनै न कुनै जिम्मेवारी प्रदान गरे । जुन जिम्मेवारी पाए उनले आफ्नो क्षमता अनुसार सफलताका साथ सम्पादन गरिरहे ।
डिस्ट्रिक्टको जोन चेयर पर्सन, रिजन चेयर पर्सन, कमिटी चियर पर्सन, चिफ एम्बेस्डर अफ गभर्नर, कोचिफ एडभाइजर हुँदै लायन वर्ष २०१५÷१६ को डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटरीको महत्वपूर्ण जिम्मेवारी कुशलतापूर्वक पुरा गरिसेका छन् आचार्यले । २२ वर्षको सानो उमेरदेखि नै नेपाली लायनवादको यात्रामा लागेका उनी व्यावसायिक क्षेत्रमा पनि निकै सफलता प्राप्त गरिसकेका छन् ।लायनवादको यात्रामा विभिन्न गभर्नरबाट तथा अन्तर्रास्ट्रिय अध्यक्षहरुबाट प्रेसिडेन्टियल मेडल, र लिडरसिप मेडलहरुबाट विभूषित भएका आचार्यले विभिन्न २० वटा देशहरुको भ्रमण गरिसकेका छन् । ‘लायनवादमा आफ्नो कर्मद्वारा आफ्नो परिचय निर्माणको यात्रा पार गरिसकेको छु, । उनले भने, ‘मेरो कर्म र कामले नै म लायनवादको नेतृत्वमा आउनका लागि आम लायन सदस्यहरुले प्रोत्साहन गर्नुभएको छ । नेपाली लायनवादलाई रचनात्मक शैलीमा थप उचाइमा पु¥याउन आफूले योगदान पु¥याउने आचार्यको प्रतिबद्धता छ ।

Advertisement

तपाईको प्रतिक्रिया