ट्रम्पले गुमाए ट्वीटरमा २ लाख ४ हजार फलाेअर, सिइओलाई सोधेः मेरा फलोअर किन घटे ?

एजेन्सी, वासिङ्गटन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरका प्रमुख कार्यकारी (सिइओ) ज्याक डोर्सिलाई भेटेर आफ्ना फलोअर किन घटे भन्दै सोधेका छन्।
उक्त भेटमा उपस्थित एकजनाले बताए अनुसार डोर्सिले ट्वीटरले केही फेक अकाउन्ट हटाउने काम गरिरहेकाले चर्चित व्यक्तिका फलोअर घटेको जवाफ दिएका थिए। उनले आफ्नै फलोअर पनि घटेको बताए।
ट्वीटरले आफूलाई पक्षपात गरेको आरोप लगाउँदै आएका ट्रम्पले डोर्सिसँग मंगलबारको भेट धेरै राम्रो भएको भन्दै ट्वीट गरेका छन्।
‘ट्वीटरका ज्याकसँग ह्वाइटहाउसमा भएको भेट धेरै राम्रो भयो। उनीहरूको कम्पनी र सामाजिक सञ्जालको संसारबारे धेरै विषयहरू छलफल भयो,’ ट्रम्पले ट्वीट गरेका छन्। उनको जवाफमा ट्वीटरका सिइओ डोर्सिले धन्यवाद दिँदै लेखेका छन- ट्वीटर सार्वजनिक बहसका लागि हो। हामीले यो बहसलाई अझै स्वस्थ र सभ्य बनाउन चाहन्छौं।
ट्वीटरले परम्परावादीप्रति भेदभाव गर्छ भनेर आरोप लगाएको केही घण्टामै उनले डोर्सिलाई भेटेका हुन्। भेट भने गत हप्ता तय भएको थियो।
आफ्ना फलोअर घटेपछि ट्रम्प रूष्ट थिए। सामाजिक सञ्जाल अध्ययन गर्ने एक कम्पनीले जनाएअनुसार ट्रम्पले २ लाख ४ हजार अर्थात ०.४ प्रतिशत फलोअर गुमाएका छन्।







महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
स्याङ्जामा अवैध बालुवा–गिट्टी ओसार्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया