फिस्टेल सिटीद्वारा छात्रवृत्ति र बाख्रा वितरण

समाधान संवाददाता, पोखरा
लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीले पोखरा– २२ पुम्दीभुम्दीस्थित दुर्गा आधारभूत विद्यालयमा छात्रवृत्ति रकम र तारेभीर गाउँमा बाख्रा वितरण गरेको छ । विद्यालयमा छात्रवृत्तिका लागि ४० हजार रुपैयाँ र गाउँमा २३ वटा बाख्रा वितरण गरेको क्लब सचिव रेशमबाबु श्रेष्ठले जानकारी दिए ।
उक्त विद्यालयलाई क्लबले बर्सेनी छात्रवृत्ति रकम प्रदान गर्दै आएको छ । यसैगरी गाउँको आयस्तर सुधार्न तारेभिरलाई बाख्रामय बनाउने अभियान अन्तर्गत ८ वर्षदेखि निममित रुपमा बाख्रासमेत वितरण गरिदै आएको क्लबले जनाएको छ । अहिले वितरण गरिएको प्रति माऊ बाख्रा ६ हजार रुपैयाँ पर्छ ।
प्रदान गरिएको बाख्रा ब्याएपछि एउटा पाठी फिर्ता लिएर अर्को वर्ष दोस्रो परिवारलाई प्रदान गर्दै आएको क्लब पूर्व अध्यक्ष एवं कार्यक्रम संयोजक चन्द्रकान्त बरालले बताए । उनका अनुसार हालसम्म १ सय २० घरमा बाख्रा प्रदान गरिएको छ ।
कार्यक्रममा पोखरा २२ का वडाध्यक्ष मित्रलाल बराल, रिजन चियर पर्सन लीला भट्टराई, जोन चियर पर्सन रुद्र कार्की, विद्यालय व्यवस्थापन समिति अध्यक्ष दधिराम आचार्य, प्रधानाध्यापक रामप्रसाद शर्मा, वडा सदस्य मातृकाप्रसाद बराल लगायत सहभागी थिए ।
यसैगरी, क्लब पूर्वअध्यक्षहरु निर्मलराज बराल, कविराज आचार्य, रवी सापकोटा, खडानन्द शर्मा, इलेक्ट सचिव हरिप्रसाद पाण्डे, कोषाध्यक्ष लोकनाथ पौडेल, भीमा पौडेल, मोतिप्रसाद श्रेष्ठ, देवकी बराल, पार्वती जिसी लगायतको सहभागिताका छात्रवृत्ति र बाख्रा वितरण गरिएको हो ।
क्लब अध्यक्ष खेम जिसीको सभापतित्वमा भएको कार्यक्रम सञ्चालन सचिव रेशमबाबु श्रेष्ठले गरेका थिए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया