बग्दादीको भिडियो सार्वजनिकः इराकको बदला श्रीलंकामा लिएको भनाई

समाधान संवाददाता २०७६ वैशाख १७ गते ८:४९

एजेन्सी

इस्लामिक बिद्रोही समूह ‘आइएस’ले पाँच वर्षपछि आफ्ना नेता अबु बकर अल–बग्दादीको भिडियो सार्वजनिक गरेको छ । भिडियोमा अल–बग्दादीले आइएसको कब्जामा रहेका क्षेत्र गुमाउनु परेकोमा आक्रोश ब्यक्त गर्दै त्यसको बदला लिने चेतावनी दिएका छन् ।

भिडियोमा उनले आइएस पकड रहेको अन्तिम क्षेत्र इराकको बाघुजमा भएको हार पनि स्वीकार गरिएको छ । सो भिडियो कहिले रेकर्ड गरिएको भन्ने स्पष्ट नभएपनि आइएसले भने अप्रिलमा लिइएको जनाएको छ ।

Advertisement

१८ मिनेट लामो भिडियोमा अल–बग्दादीले श्रीलंकाको राजधानी कोलम्बोमा भएको आक्रमण इराकी शहर बाघुजमा बेहोरेको हारको बदला रहेको दाबी गरेका छन् । श्रीलंकामा भएको आक्रमण सम्बन्धी अंशमा अडियो मात्रै रहेकाले यो भाग पछि रेकर्ड गरिएको हुन सक्ने अनुमान गरिएको छ ।

भिडियोमा अल–बग्दादी अब बदला लिएरै छोड्ने चेतावनी दिएका छन् । अल–बग्दादीको भिडियोमा बुर्किना फासो र मालीका बिद्रोही समूहसँग सहकार्य रहेको उल्लेख छ । त्यस्तै सुडान र अल्जेरियामा भइरहेको प्रदर्शनका बारेमा पनि उनले कुरा गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया