हलो क्रान्ति बिर्सिएको दुराडाँडा कृषि क्रान्तितिर
बद्रीविनोद प्रतीक
गाउँका वस्तीहरु खाली हुँदै गएका छन् । वस्तीसँगै खेतीहुने खेतवारी पनि बाँझोहुँदै गएका छन् । हिजो पूरै परिवार पालेर पनि अन्नबाली बेचेर लुगा फाटो गर्ने, छोराछोरीलाई पढाउने परिवार यतिबेला गाउँ छोडेर सहर छिरेका छन् । सहर छिेरेका ती परिवारका सन्तान युरोप, अमेरिका, अस्ट्रेलिया, जापान पुगेका छन् । पहाडको खेतीवालीले परिवार पाल्न कठिनाइ भोगेका मध्यमस्तरका धेरै परिवार तराई झरिसके । गाउँमा अल्पसंख्यक,अति विपन्न र दलित समुदायमात्र रोकिएका छन् । यी गाउँलाई पहिलेभन्दा सुन्दर सुविधा सम्पन्न बनाउनु अति जरुरी छ ।
अन्य प्रदेशले के गर्दैछन्? त्यसबारे त्यति धेरै थाहा छैन । गण्डकी प्रदेशले गाउँ छोडेर बाहिर गएको जनसंख्यालाई आकर्षण गर्ने नयाँनयाँ योजना ल्याउने योजनाहरु बुनिरहेका छन् । स्थानीयपालिका सरकारहरु पनि आफ्नो क्षेत्रमा प्रयत्नशील देखिन्छन् । गण्डकी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा जनतालाई गाउँमै फर्काउने योजनाहरु प्रसस्तैबनाएको छ । योजना कार्यान्वयनको चरणमा भएकोले परिणाम कस्तो आउँछ हेर्न बाँकी नै छ ।
गाउँमा पर्यटन,कृषि,शिक्षा, स्वास्थ्य,खानेपानी,उद्योग, सडक, टेलिफोन, सिँचाइ जस्ता धेरै योजना थपिएका छन् । ती कार्यक्रमको कार्यान्वयन पक्ष कस्तो छ भनेर समीक्षा गरिहाल्ने बेला भएको छैन । गाउँमा रकम जान थालेको छ । परिणाम आएको छैन । कुनै पनि कार्यक्रम थाल्ना साथ सकिँदैनन् । योजना कार्यान्वयन सभागोष्टी जस्ता हुँदैनन् । तरकारी रोप्यो भने पनि कोसा तथा फल लाग्न समय लाग्छ । कृषि, पशुपालन तथा घरबास जस्ता कार्यक्रमलाई विशेष केन्द्रित योजनाबाट परिणाम आउन समय लाग्छ । तिनका लागि आवश्यक पूर्वाधारहरुको निर्माण पनि सँगसँगै चलेका छन् ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङप्रदेशको आर्थिक स्रोतको खोजी गर्न लागेको वर्ष दिन भइसक्यो ।जहाँ जाँदा पनि उनले नछुटाइकन भन्ने एउटा कुरा हो ‘जमीन बाँझो नराखौ, कृषिमा लागौ र आत्मनिर्भर बनौ’ उनको यो ायत्री कतिले बुझे या बुझेनन्थाहा छैन । केही महिना पहिले प्रदेश सरकारको वेबसाइटमा कृषि लगायतका कार्यक्रम राखेर काम गर्न इच्छुकसँगबाट निवेदन मागियो । गाउँका खास किसानहरु त्यो सूचना समय सकिएपछि थाहा पाए ।सहरमा रहेका केही टाठावाठाले थाहा पाएर उनीहरुकै अगुवाइमा केही कृषि फार्मका योजनाहरु बनेका छन् । केहीले रकमसमेत लिइसकेका भने केहीको पाइप लाइनमा छ ।
गाउँहरुमा योजना लिएर गएकाहरु जनशक्तिको खोजीमा छन् । गाउँमा गाउँ छयुवा जनशक्ति छैन ।युवा जनशक्तिको अभावमा कतै मुख्यमन्त्रीको भाषण भाषणमा मात्र सीमित हुने त होइन ? गाउँ जाँदा वरिपरि ४० कटेका मानिसको संख्या धेरै देख्दा उनको मनमा बेचैनी बढेको देखिन्छ । यो अवस्थालाई मेटाउन उनले यो पनि भन्न थालेका छन्‘हामी सहयोग गर्छौ छोराछोरीलाई गाउँमै बोलाउ । सुविधाजनक सडक बनाइ दिन्छु । काम दिन्छु । बजार खोजि दिन्छु । यसो भन्ने सरकार यो नै पहिलो हो । उनले यसो भनिरहँदा सुनिरहने,प्रतिक्रिया नजनाउने देवता जस्त जनता थिए ।
हामी लमजुङको तुर्लुगकोटबाट फर्कंदै थियौ । दुराडाँडाका केही शुभेच्छुकले मुख्यमन्त्री गुरुङलाई बाटोमै छेके । सुरुमा राजनीतिक कुरा गरे । गाउँ घरको चिन्ता गरे । गाउँ कुर्ने र सहर पस्नेहरु दुवैथरि थिए । विदेशमा बसेर, सीप सिकेर गाउँमा केही गरौं भनेर फर्केका युवा पनि थिए । सबैको चासो र चिन्ता एउटै थियो । अगाडि सरेर यही गरांै भन्ने कोही थिएनन् । बहिरबाट आउनेलाई भोलि बिहान सूर्य कति बेला उदाउँला र झोला भिरेर गाउँ छोडौला भन्ने नै थियो । उनीहरु सहरमा अलपत्र छोडेर आएका कामहरु सम्झदै थिए । मुख्यमन्त्रीको कुराले कतिको ध्यान तान्यो या तानेन त्यसको मापन गरिएन । पहिले गाउँमा मोटर आउँदैनथ्यो । गाउँ भरिभराउ थिए । अहिलेगाउँमा मोटर आउँछ गाउँ रित्तिँदै छन् । यो उल्टो चक्र रोक्ने योजना सुनाउँदै थिए, मुख्यमन्त्री गुरुङ । अब छिट्टै यो गाउँको सडक पीच गर्ने तयारीमा छांै। तपार्इंहरुले पनि सहयोग गर्नुहोस् । काम कस्तो गर्छन् त्यो हेर्ने काम तपार्इंहरुको हो । ठेकेदारको भरमा काम छोडनु हँुदैन । धेरै ठाउँमा अलपत्र योजना देखेका छौ । स्थानीयहरुले चासो दिएनन् भने राम्रो सडक बन्दैन । सरकारलाई मात्र गाली गरेर हुँदैन सबैले जिम्मेवारी लिनुपर्छ ।
राजनीतिसँगै यस्तैयस्तै आर्थिक समृद्धिका कुरा हँुदै थियो । १ जना युवा अगाडि सरेर नम्रता पूर्वक भने,‘समय मिल्छ भने हामीले संचालन गरेको आराभा नेपाल मोर्डन एग्रिकल्चर फर्म पनि हेरेर गइदिनु होला ।’ उनले मुख्यमन्त्रीको अनुहारमा हेरेर भनेका थिए । उनको भनाई भूँईमा खस्न नपाउँदै मुख्यमन्त्री गुरुङले हुन्छ भनिदिए । मुख्यमन्त्रीका निजी सहायक सूर्य गुरुङ बिहानैदेखि कार्यक्रमको तालिका भत्किएकोमा अलमलिएका थिए । तोकिएका भन्दा फरकफरक कार्यक्रमबनिरहेको थियो । उता कृषि फर्म हेर्ने भने पछि हराएको वस्तु भेटिए झै गरेका थिए मुख्यमन्त्रीले । त्यही सानो भेटघाटबाटै कृषि फर्म हेर्ने कार्यक्रम बन्यो । बाहुनका छोराले हलो जोतेर नाम चलेको ‘हलो क्रान्ति’ गरिएको दुराडाँडा नै थियो । अहिले त्यही गाउँमा कृषि क्रान्ति सुरु भएको सुन्दा मन त्यसै रमाएको थियो ।
सर्वोदय हाई स्कुलबाट पश्चिम लाग्ने सडक छोडेर हामी कालोपत्रे पर्खेर बसेको ओरालो सडक हँुदै पाउदी खोलो ताकेर झ¥यौं । दुराडाँडाको ढुंगा छापेको उकालो बाटो कतै भेट भेएन । सररर गाडि गुडने ग्राभेल सडक भएर हामी झर्दै थियौ । गाडीमा गुडिरहँदा आराभा कृषि फर्मको जिज्ञासाले सताएको थियो । धारापानी पुगेपछि हाम्रो गाडी पश्चिम मोडियो । हामीसँग थिए विप्लव अधिकारी । उनले नै पथप्रदर्शकको भूमिका निभाएका थिए ।
अहिले धेरै गाउँमा ४० मुनिका युवाको अनुहार देख्नै रहर छ । युवा विनाका गाउँले मुख्यमन्त्रीको सपना कसरी पूरा गर्लान्? यस्ता धेरै प्रश्नहरु उठिरहेको बेलामा ईजरायलमा पढेका ३८जिल्लाका ३० वर्षमुनिका १सयभन्दा बढी युवाले संचालन गरेको आराभा नेपाल मोर्डन एग्रिकल्चर कम्पनी दुराडाँडाले उत्तर दिन खोजेको छ । मध्यपहाडी लोकमार्ग छेउमा १ हजार रोपनी क्षेत्रफमा आयोजना निर्माणको लक्ष्य लिएको बहुउद्देशीय कृषि फार्मले सन् २०१६ को अक्टुवरदेखिनै काम थालेको थियो । अहिले ३सय रोपनीमा सञ्चालित कृषि फार्मले दुराडाँडावासीको अनुहारमा मुस्कान फर्काउन खोजेको छ ।
आराभा कृषि फर्मको गेटमा पुगेर हाम्रो गाडी रोकियो । मुख्यमन्त्रीसँगै रहेकी कोल्हा सोंथार गाउँपालिका कि उपप्रमुख कुमारी मुनी गुरुङ पनि थिइन । मुख्यमन्त्रीका निजी सहायक सूर्य गुरुङ पत्रकार युवराज श्रेष्ठ साथैमा थिए । आराभा नेपालका अध्यक्ष्य कृष्णप्रसाद बजगाईले हामीलाई फर्मबारे बताउँदै निरीक्षण गराए । जब हामी आराभाले तयार गरेका ठूलाठूला नेचुरल भेन्टिलेटर ग्रिनहाउसहभित्र प्रवेश ग¥यौ तब अर्कै संसार देख्यौ । मुख्यमन्त्री गुरुङ मुसुमुसु हाँसीरहेका थिए । लाग्थ्यो उनले खोजेको योजनाको मोडेल फेलाप¥यो । सायद उनको मनमा यस्ता धेरै योजना बन्दै थिए होलान् । उनको अनुहारमा पोतिएको खुसीले त्यस्तै झल्काउँथ्यो । उता सुरुमा ओरालो झर्दा दिक्क मानेकी कोल्हसोथार गाउँपालिकाकी उपाध्यक्ष्य कुमारी मुनी फार्म हेरेपछि प्रफुल्ल थिइन । गाउँपालिकामा पनि यस्तै कृषि फार्म बनाउन पाए हुन्थ्यो भन्ने योजना झन्केको थियो उनको मनमा ।
उनीहरु मध्ये इजरायलमानै पढिरहेका ६५ जना कृषि (ग्राजुयट) विज्ञहरु इन्टर्नसीपमा संंलग्न छन् । यो क्रम निरन्तर चलिरहेको अध्यक्ष्य कृष्णप्रसादले बताए । इजरायलकै कृषि विश्वविद्यालयसँग समन्वय गरेर विद्यार्थी आउने गरेका छन् । गाई, वंगुर, माछा, कुखुरा व्यवस्थित किसिमले पालिएको छ । अलगअलग नेचुरल भेन्टिलेटर ग्रिनहाउस विषादीरहित टमाटर, काक्रो, भेडे खुर्सानीलगायत सागपात, तरकारी उत्पादन गरिएको छ । इजरायलबाट सिकेको प्रविधि नेपालमा ल्याएर काम गरेको बताउने आराभाका अध्यक्ष्य कृष्णप्रसाद बजगाई भन्छन्, उत्पादन जति गरे पनि बजारको माग पूरा गर्न सकिएको छैन । एउटा ग्रिनहाउस निर्माणमा २२ लाख खर्च भएको छ । यस्ता ग्रिनहाउसहरु यही उत्पादन गरेर अन्यत्र पनि विस्तार गर्ने योजना रहेको पनि सुनाए । उनी भन्छन्, अहिलेसम्ममा हामीले ७ करोडमात्र लगानी गरेका छौं । हाम्रो योजना २५ करोड लगानी गर्ने हो । डेरी, दानालगायत ग्रिनहाउस उद्योग सञ्चालन लक्ष्य छ । उनले भने बजारको समस्या छैन पोखरा, सुन्दरबजार, वेसीसहर, डुम्रेबजार, दमौली काठमाडौंसम्म हामी पुगेका छौ । उत्पादन बढाउँदै लैजाने हो भने हामीसँग ४÷५ वटामात्र ग्रिनहाउस छन् । त्यसैले माग पूरा गर्न सकेका छैनौ ।
गाउँका वासिन्दाले खेती गर्न छोडेका ३ सय रोपनी जमीन लिएर फर्म सुरु गरेका युवा यति बेला सबै व्यस्त छन् । दुराडाँडा महोत्सवको अन्तिम दिनमा इजरायली राजदूतले समेत निरीक्षण गरेका थिए । कृषि र पशुपालनलाई अगाडि बढाउन प्रदेश सरकारले पनि प्रयत्न गरिरहेको छ । यही बेलामा सरकारले आराभा कृषि फार्म जस्ता फार्महरु प्रदेशका ११ वटै जिल्लामा सञ्चालन गर्न सक्नुपर्छ । यसो गर्नसकेमा प्रदेशको आयआर्जन सँगसँगै रोजगारी पनि बढ्न सक्छ। दुराडाँडाको जल्केनी भाल्सेमा आराभा स्वाँरामा सुरभी एग्रिकल्चर एन्ड टेक्नोलोजी प्राली,अर्चेलेनीको भोर्लेनीमा दुराडाँडा मल्टिएग्रो प्रालि सञ्चालनमा छन् । यिनीहरुले स्थनीय तहमा रोजगारीका साथै बाझो जमीनलाई उत्पादनसँग जोड्ने सरकारको लक्ष्यमा सघाएकाछन् । दुराडाँडा महोत्सवको तेस्रो दिनमा सञ्चालित अन्तक्र्रियामा नेपाल सरकारका पूर्व सचिव सुरेशमान श्रेष्ठले पर्यटन,सर्वोदय माविका प्रअ दिनेश अधिकारीले शिक्षा, आराभा कृषि फार्मका अध्यक्ष कृष्णप्रसाद बजगाईले कृषि र प्राध्यापक रश्मी अधिकारी खनालले महिला सशक्तिकरण विषयक कार्यपत्रहरु प्रस्तुत गरेका थिए । ती कार्यपत्रहरुमा भएको निष्कर्षले पनि कृषि र महिला सशक्तिकरणसँग शिक्षा र पर्यटन जोडिएको थियो । खनालको कार्यपत्रमा महिलालाई शिक्षासँगै सम्पत्ति माथिको अधिकारसँग जोडिएको थियो । कार्यक्रममा उठेका प्रश्नहरु र प्रदेश सरकारले थाहापाउनुपर्ने धेरै कुरा थिए । प्रदेश सरकारका प्रमुखले सुन्नुपर्ने विषयहरु थिए । जे भए पनि कार्यक्रमका आयोजकहरुले अन्तक्र्रियाको निचोड प्रदेश सरकारका मुख्यमन्त्रीसम्म पुग्ने छ । जसले गर्दा आगामी नीति तथा कार्यक्रममा समावेस गर्न र बजेट विनियोजन गर्न सहयोग पुग्नेछ । यसमा आयोजक सँगसँगै मुख्यमन्त्रीको सचिवालयले समेत खोजीगर्नेछ ।
तपाईको प्रतिक्रिया