सुजुकी सर्भिसका लागि खुल्यो ‘इस्टेट अफ द आर्ट सर्भिस सेन्टर’

समाधान संवाददाता २०७६ वैशाख २० गते १३:४८

समाधान संवाददाता
पोखरा

सुजुकी मोटर्सले पोखरामा साढे ३ करोड रुपैयाँको लागतमा ‘इस्टेट अफ द आर्ट सर्भिस सेन्टर’ खोलेको छ । सुजुकी गाडीको नेपालको आधिकारिक वितरक सिजी मोटोकर्पको गण्डकी तथा धवलागीरीको आधिकारिक बिक्रेता बतास ब्रदर्स प्रालिले नयाँबजारमा उक्त सेन्टर सञ्चालनमा ल्याएको हो ।

सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरी र बतास ब्रदर्सका प्रबन्ध निर्देशक शान्तराज बतासले सर्भिस सेन्टरको संयुक्त रुपमा समुद्घाटन गरे । सुजुकी गाडीका लागि सञ्चालनमा ल्याइएको सर्भिस सेन्टरको क्षेत्रफल करिब १० हजार स्क्वायर फिटको रहेको जनाइएको छ ।

Advertisement

सर्भिस सेन्टरमा ८ वर्किङ बे रहने जनाइएको छ । दैनिक ३३ वटा भन्दा बढी गाडी सर्भिसिङ गर्ने क्षमता सेन्टरमा रहेको बतास ब्रदर्सका प्रबन्ध निर्देशक शान्तराज बतासले बताए । उनका अनुसार मासिक १ हजार भन्दा बढी गाडी सर्भिसिङ गर्ने सर्भिस सेन्टरको क्षमता छ ।

सेन्टरमा सुविधा सम्पन्न तथा अत्याधुनिक मेसिन तथा औजारहरुको प्रयोगबाट गाडी सर्भिसिङ गर्ने व्यवस्था रहेको उनले बताए । उनका अनुसार सर्भिस सेन्टरमा बडि मेन्टेनेन्स सप, पार्ट सप तथा इञ्जिन रिपेयर एरिया गरी छुट्टाछुट्टै शाखा छन् । सर्भिस सेन्टरमा सुजुकी डाइग्नोस्टिक टुल्स तथा कम्प्युटराइज्ड सिस्टमद्वारा गाडीको चेक जाँच गरिने उनले बताए । बतासले सुजुकीको विश्वव्यापी मापदण्डलाई पूर्णरुपमा पालना गरी गाडीको सर्भिसिङ गरिने बताए ।

Advertisement

सर्भिस सेन्टरमा ग्राहकको लागि सुसज्जित लाउन्जको समेत व्यवस्था रहेको कम्पनीले जनाएको छ । जहाँबाट ग्राहकले आफ्नो गाडी सर्भिसिङ भइरहेको प्रत्यक्ष अवलोकन गर्न सक्नेछन् । कम्पनीले ट्याक्सीका ग्राहक लक्षित साँझ ६ देखि ८ बजेसम्म एक्सप्रेस मेन्टेनेन्स सेवा प्रदान गर्ने बतासले जानकारी दिए ।

सिजि मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले ग्राहकलाई खुसी राख्दै उनीहरुको विस्वास जितेर सिजीले काम गरेकाले नेपालको नम्बर १ बन्न सफल भएको बताए । उनले सिजी नेपालमा मार्केटिङ युद्धमा रहेको भन्दै त्यो युद्ध जितेरै छाड्ने दाबी गरे । चौधरीले सुजुकीको सर्भिस सेन्टर गाडीहरुको वर्कसप नभई हस्पिटल भएको बताए । उनले हस्पिटलमा अपोइन्टमेन्ट लिएपछि चिकित्सकसँग चेकजाँच गराउन पाएजस्तै सर्भिस सेन्टरमा पनि अपोइन्टमेन्ट लिएर सर्भिसिङ गर्ने सिस्टम बसाइने बताए ।

सुजुकी मोटर्सले गण्डकी तथा धौलागिरीका गोर्खा, वालिङ, बुर्तिवाङ, दुलेगौंडा, बेनी तथा दमौली गरी ६ स्थानबाट सर्भिस सेन्टरबाट सुजुकीको सेवा प्रदान हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया