आजबाट देशव्यापी जागरण अभियानमा नेपाली कांग्रेस

समाधान संवाददाता २०७६ वैशाख २५ गते ९:०३

समाधान सम्वाददाता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजबाट मुलुकभर एकसाथ राष्ट्रिय जागरण अभियान सुरु गर्दै छ । ‘हिमाल, पहाड, तराई मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिइएको यो अभियान आज एकै साथ ७७ वटै जिल्लामा सुरु हुने छ ।

सबै जिल्ला, क्षेत्र, गाउँ-नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान यो वर्षभर तीन चरणमा सम्पन्न हुनेछ । तीन चरणमा हुने अभियानको प्रथम चरण यही वैशाख २५ गते प्रारम्भ भई आगामी जेठ २५ गते समापन हुनेछ ।

Advertisement

त्यस्तै दोस्रो चरण भदौ २४ गते (बिपी जयन्ती) दिन प्रारम्भ भई असोज ७ गते समापन हुने भने तेस्रो चरण पुस ७ गते प्रारम्भ भई पुस १६ गते (मेलमिलाप दिवस) समापन हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए । अभियानलाई आज सातै प्रदेशमा पार्टी पदाधिकारी र शीर्ष नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया