मुस्लिम समुदायको ‘रोजा’ सुरु

समाधान संवाददाता २०७६ वैशाख २५ गते १२:५१

समाधान संवाददाता
गोरखा

मुस्लिम समुदायको १ महिने ब्रत (रोजा) मंगलबार सुरु भएको छ । अरबिक क्यालेन्डर अनुसार नवाैं महिनामा पर्ने महिना रमजानभर मुस्लिम समुदायका मानिस ब्रत बस्ने गर्दछन् । रमजान महिनालाई १२ महिनामध्ये सबैभन्दा महत्वपूर्ण महिनाको रुपमा मान्ने मुस्लिम समुदायका सक्षम व्यक्तिले ब्रत बस्ने प्रचलन रहि आएको छ ।

इस्लाम धर्ममा ५ आधार स्तम्भ मध्येको १ रमजानको रोजा अर्थात ब्रत लिने गर्दछन् । रोजा (ब्रत) मा बिहान सूर्य उदाउनु भन्दा केही समय अगाडी सेहरी खाएर सुरु हुने रोजा बेलुका घाम अस्ताए पछि इफ्तारी गरेपछि सकिने गर्दछ ।

Advertisement

दिन भर पानीसम्म पनि नखाई रोजा बस्न सक्षम मुस्लिम समुदायका मानिस १ महिनासम्म रोजा बस्ने प्रचलन रहेको छ । यो महिना भर अल्लाहको प्रार्थना गर्नाले अरु महिना भन्दा धेरै गुणा पुण्यमा वृद्धि भई पाप नष्ट हुने विश्वास मुस्लिम अगुवासँग छ ।

दिनको ५ पटक नमाज र बेलुका तराबीको नमाज पढ्ने र सकेसम्म धेरै अल्लाहको प्रार्थना गर्नाले जीवनमा फाइदा हुने विश्वास गर्दै आएका छन् । रोजा बस्न नसक्ने वृद्ध, वृद्धा, बालबालिका, बिरामी, अशक्त, रजश्वला भएकी महिलालाई भने अनिवार्य छैन । १ वर्षसम्म आफूले कमाएको पैसाको केहि प्रतिशत धार्मिक करकारुपमा अनिवार्य छुट्याउनु पर्ने र सो छुट्याएको रकम गरिव दुखीलाई दान गर्ने प्रचलन छ ।

Advertisement

गोरखा नगरपालिका, पालुङटार, भीमसेन थापा गाउँपालिका, सिरनचोक, आरुघाट, गण्डकी गाउँपालिका लगायतका क्षेत्रमा बसोबास गर्ने मुस्लिम समुदायका मानिसले यो महिना भर ब्रत बसेर महिनाको अन्तिम दिन इदुल फित्रलाई धुमधामका साथ मनाउने गर्दछन् ।

तपाईको प्रतिक्रिया