गण्डकी प्रदेशलाई लुम्बिनीको निम्तो

समाधान संवाददाता
पोखरा
‘लुम्बिनी भ्रमण वर्ष २०७६’ सफल बनाउन प्रदेश नम्बर ५ ले गण्डकी प्रदेश सरकारलाई निम्तो दिएको छ । ५ नम्बर प्रदेश सरकारबाट घोषणा भएको उक्त कार्यक्रमको प्रचारप्रसार गर्ने क्रममा पोखरा आइपुगेको एक टोलीले एक कार्यक्रमका बीच गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साललाई निम्तो दिएको हो ।
५ नम्बर प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव धनञ्जय पौडेलले मन्त्री लम्साललाई प्रचार सामग्री, डायरी लगायतका सामान हस्तान्तरण गरे ।
गौतम बुद्धको जन्मस्थलको थप प्रचार र पर्यटन विकासलाई संस्थागत गर्ने उद्देश्यले प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्षको घोषणा गरिएको सचिव पौडेलले जानकारी दिए । बुद्ध जयन्तीको अवसरमा आउँदो जेठ ४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको उद्घाटन गर्ने कार्यक्रम छ ।
नेपाल सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’को आधार तयार गर्न लुम्बिनी भ्रमण कार्यक्रमले सहयोग गर्ने सचिव पौडेलले बताए । ‘कार्यक्रम घोषणासँगै भौतिक संरचना निर्माण र पर्यटक आउने वातावरण तयारका लागि मन्त्रालयले काम गरिरहेको छ,’ उनले भने, ‘लुम्बिनी क्षेत्र र आसपासका स्थानलाई जोडेर कार्यक्रम बनाइएको छ । कार्यक्रमले भ्रमण संस्कृतिमा विकास गर्छ भन्ने विश्वास छ ।’
बुद्ध पूर्णिमादेखि अर्को वर्षको चैत शुक्ल पूर्णिमासम्म भ्रमण वर्षको रुपमा मनाउन व्यापक प्रचार गरिने प्रचारप्रसार उपसमिति संयोजक भरत केसीले जानकारी दिए ।
गण्डकी प्रदेशले आन्तरिक पर्यटन भ्रमण वर्ष २०१९ मनाइरहेको सन्दर्भमा त्यस्तै प्रकृतिको कार्यक्रम ५ नम्बर प्रदेशबाट पनि घोषणा हुनु अत्यन्तै सुखद रहेको बताए । आन्तरिक पर्यटनलाई बढावा दिन कुन न कुनै कार्यक्रम सबै प्रदेशले गरिरहनु पर्ने उनले औल्याए ।
पोखरा आएका पर्यटकलाई लुम्बिनीसम्म पुर्याउन र लुम्बिनी आएका पर्यटकलाई पोखरासम्म तान्न दुई प्रदेश बीच समन्वयको आवश्यकता रहेको उनले सुनाए । पर्यटन विकासका लागि सरकारले उपयुक्त नीति बनाई निजी क्षेत्रलाई काम गर्ने वातावरण तयार गर्नुपर्ने भन्दै मन्त्री लम्सालले गण्डकी प्रदेशले त्यस किसिमको तयारी थालिसकेको जानकारी दिए । लुम्बिनी पोखरा जोड्ने सडक ४ लेनको बनाउने योजना गण्डकी प्रदेशले पहल गरिरहेको उनले सो अवसरमा बताए ।







सुशासन र निजी क्षेत्रको सुरक्षामा प्रतिबद्ध : प्रधानमन्त्री कार्की
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ
५४ युनिट रगत संकलन
अनलाइन ठगीबाट बच्न कास्की प्रहरीको आग्रह
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया