प्रचण्ड र सीता आज ५० औं विवाहोत्सव मनाउँदै
समाधान संवाददाता
२०७६ वैशाख २६ गते १३:१९

समाधान संवाददाता, काठमाडाैं
नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र सीता पौडेलबीच विवाह भएको आज ५० वर्ष पुरा भएकाे छ ।
कास्की ढिकुरपोखरीका दाहालले हेङ्जाकी सीतासँग २०२६ सालमा मागी विवाह गरेका थिए । त्यतिबेला सीता र प्रचण्ड दुवै १५ वर्षका थिए ।
विवाह भएको ५० वर्ष पुगेको अवसरमा छोरीहरू रेणु र गंगाले अपरान्ह ५ बजे खुमलटारस्थित एक पार्टी प्यालेसमा पुन: विवाह गराउने कार्यक्रम आयोजना गरेका छन् ।
दाहाल सचिवालय स्रोतका अनुसार कार्यक्रममा आफन्त, पार्टीका केही नेता र मन्त्रीहरुलाई निम्तो गरिएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया