नेकपाकाे जनवर्गीय भागबण्डा, महरले बाजी मारे

समाधान संवाददाता २०७६ जेठ २ गते १८:१२

ऐन महरः फाइल तस्बिर

समाधान सम्वाददाता

Advertisement

नेपाल कम्युनिष्ट पार्टी नेकपाले जनवर्गीय संगठनको भागवण्डा टुंग्याएको छ ।

नेकपाका अनुसार अनेरास्ववियूको अध्यक्षमा ऐन महर चयन भएका छन् । अखिलको अध्यक्षमा कास्कीका रश्मी आचार्यको चर्चा चलेपनि उनी पर्न सकेनन् ।

Advertisement

त्यस्तै, योंग कम्युनिष्ट लीग वाईसीएलको अध्यक्षमा दीपशीखाले बाजी मारे । यसैगरी, अखिल नेपाल महिला संघको अध्यक्षमा अमृता थापामगरलाई चयन गरिएको छ । पार्टीले दिएको जानकारी अनुसार प्रेस संगठनको नेतृत्व महेश्वर दाहाललाई दिइएको छ ।

बुद्धिजीवि परिषद्मा डा. दिनेशचन्द्र देवकोटाले नेतृत्व पाए भने जीफन्टमा विनोद श्रेष्ठलाई अध्यक्ष तोकिएको छ ।

भागबण्डा अनुसार संगठनमा हालसम्म पूर्वमाओवादी र एमालेतर्फबाट समान ३ नेतृत्व रहेको छ ।

तपाईको प्रतिक्रिया