घान्द्रुकमा पोखरा फाइनान्सकाे सेवा सुरु

समाधान संवाददाता २०७६ जेठ १७ गते १३:११

सुजता गुरुङ, पोखरा

पोखरा फाइनान्सले घान्द्रुकमा एक्सटेन्सन काउन्टरमार्फत उपभोक्तालाई सेवा सुरु गरेको छ । शाखा सञ्जाल एवं ग्राहक सेवा विस्तार अभियान अन्तर्गत घान्द्रुक एक्सटेन्सन काउन्टर सञ्चालन गरेको फाइनान्सले जनाएको छ ।

संस्थाका अध्यक्ष भुवनसिंह गुरुङले काउन्टर उद्घाटन गर्दै काउन्टरमार्फत् संस्थाले निक्षेप संकलन, चेक भुक्तानी तथा रेमिटेन्स सेवा प्रदान गरिने बताए । काउन्टर सेवा सुरुआत गरिएको अवसरमा कार्यकारी अधिकृत रविचन्द्र गुरुङले जनताका माग र चाहना अनुरुप सेवा विस्तार अभियानलाई निरन्तरता दिएको बताए ।

Advertisement

कार्यक्रममा समाजसेवी तथा रोदी क्लबका अध्यक्ष पूर्णप्रसाद गुरुङ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय प्रमुख विदुरकुमार कुइँकेल, मेश्रम बराह माविका प्रधानाध्यापक रामेश्वर सुवेदी लगायतले बोलेका थिए । फाइनान्सको पुँजी ८५ करोड ७२ लाख रुपैयाँ रहेको छ ।

वित्तीय संस्थाले ५ अर्ब ९६ करोड निक्षेप संकलन गरी ५ अर्ब ४८ करोड कर्जा प्रवाह गरेको छ । संस्थाको जगेडा कोषमा ३१ करोड २० लाख रुपैयाँ रहेको कार्यकारी अधिकृत गुरुङले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया