रिहा गरिएका विप्लप कार्यकर्तालाई घेरा हाली पुनः पक्राउ

समाधान संवाददाता, पाेखरा
गत शनिबार घान्द्रुकबाट पक्राउ परेका नेत्र विक्रम चन्द विप्लव नेतृत्व समूहका ९ कार्यकर्तालाई प्रहरीले पुनः पक्राउ गरेकाे छ ।
न्यायाधीशद्वय तेजबहादुर कार्की र सुवास पौडेलको संयुक्त इजलासले बिहीबार उनीहरुलाई छाड्न आदेश दिए पनि पक्राउ पर्ने डरले बार एसोसियसनको कार्यालयमा शरण लिएर बसेका थिए ।
अदालतको बाहिरी गेटनजिकै प्रहरीका ५ वटा भ्यान तैनाथ राखिएको र सादा पोसाकका प्रहरी अदालत परिसर र वरिपरि देखिएपछि उनीहरु असुरक्षित महसुस गर्दै बाहिर निस्कन सकेका थिएनन् । मानव अधिकारकर्मी, कानुन व्यवसायी र सञ्चारकर्मीको उपस्थितिमा उनीहरु बारको हलमा छिरेका थिए । दर्जनौ प्रहरीले अदालतलाई घेरा हालेर रातको १२ बजेसम्म बसिरहे पनि अन्तिममा बारको कार्यालय खोलेर ९ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु सबै विप्लव समर्थित विद्यार्थी संगठनका नेता हुन् । पक्राउ पर्नेमध्येका जंगबहादुर भण्डारी आक्रोशको तर्फबाट पृथ्वीराज भण्डारीले गैरकानूनी तरिकाले पक्राउ गरिएको भन्दै जेठ २७ गते बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
उनीहरुलाई राज्य विरुद्धको कसुरमा जिल्ला अदालतबाट म्याद थप भएपछि जेठ २७ गते नै बन्दीप्रत्यक्षीकरण रिट दायर भएको हो ।
उक्त रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश जगतप्रसाद श्रेष्ठको इजलासले ९ जनालाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।
उक्त दिन पक्राउ परेकामध्ये बाँकी ९ जनाको हकमा सार्वजनिक मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप भएको जिल्ला प्रहरी कार्यालय कास्कीका मुद्दा शाखाका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।







पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
चापाकोटका विद्यार्थीलाई स्टेसनरी
३२ पिन्ट रगत संकलन
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया