पोखरा बस्ने अर्जुनचौपारीका कांग्रेसी संगठित

(समाधान)–
पोखरामा बस्ने स्याङ्जाको अर्जुनचौपारीका कांग्रेसका कार्यकर्ता, शुभेच्छुकहरु संगठित भएका छन् । कांग्रेस अगुवा कार्यकर्ता विष्णुप्रसाद काफ्लेको अध्यक्षतामा भएको भेलाले १७ सदस्यीय नेपाली कांग्रेस अर्जुनचौपारी पोखरा सम्पर्क समिति गठन गरेको हो । समिति अध्यक्षमा महेश्वर रिमाल छन् ।
सोही भेलाले ५ सदस्यीय सल्लाहकार समिति पनि चुनेको छ । भेलामा कांग्रेस नेता राजु थापाले गुट, उपगुटका कारण कांग्रेस कमजोर भएको स्वीकार्दैै कमजोरीलाई सुधारी नयाँ ढंगले अगाडि बढ्न आग्रह गरे । उनले अब आउने निर्वाचनमा पार्टीलाई १ नम्बर बनाउने गरी लाग्न र अहिले पनि तीनै तहमा प्रभावशाली भूमिका निर्वाह गर्न जरुरी भएको बताए ।
कार्यक्रममा सञ्जीव खनाल, टेकनाथ पौडेल, नेपाली कांग्रेस स्याङ्जा पोखरा समिति उपसभापति तिलकराम पौडेल, क्षेत्रीय सभापति गोपाल ढकाल,। विद्यार्थी नेता प्रताप पौडेल, गोविन्द सापकोटा, लीलाप्रसाद पंगेनी, पोतप्रसाद पौडेल, पोखरा १७ कांग्रेस कोषाध्यक्ष कोपिला तिवारी लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया