हिमालको काखमा खेलकुद, जनचेतना र स्नोल्याण्ड च्याम्पियन

समाधान संवाददाता २०७६ असार ३१ गते १२:०८

समाधान संवाददाता, मुस्ताङ

प्रथम जिग्मे मेमोरियल कप २०७६ को भलिबल र फुटबल प्रतियोगितामा जनचेतना यूथ क्लव ढाक्मर र स्नोल्याण्ड यूथ क्लव फुवा च्याम्पियन बनेका बनेका छन् । उपल्लो मुस्ताङको मराङ खेल मैदानमा सोमबार संम्पन्न भलिबल फाईनलमा जनचेतनाले उदयश्री लाई र फुटबलतर्फ स्नोल्याण्डले जनचेतनालाई हराउदै च्याम्पियन बनेका हुन् ।

मुस्ताङी पूर्व राजा जिग्मे पलवर बिष्टको बार्षिक पूण्यस्मृतिमा प्रतियोगिता भएको हो । उपल्लो मुस्ताङी यूवाको आन्तरिक खेलकुदको स्तरबृद्धि र खेल पर्यटनको बिकास गर्ने उद्देश्यले मराङ यूथ क्लवले प्रतियोगिता गरेको हो । प्रतियोगितालाई हिमालय जिग्मे फाउन्डेसनको आर्थिक तथा भौतिक सहयोग छ ।

Advertisement

यसअघि भएको भलिबलतर्फको सेमीफाईनल खेलमा थुक्सुङ्पा यूथक्लव घमी भर्सेस जनचेतना यूथ क्लव र लोघेकर दामोदरकुण्ड यूथक्लव मराङ भर्सेस उदय श्री यूथक्लव घिलिङ आमने—सामने भएका थिए । यस्तै , प्रतियोगिताको फुटबलतर्फको सेमीफाईनल खेलमा जनचेतना यूथक्लव ढाक्मर भर्सेस लोघेकर दामोदरकुण्ड यूथक्लव मराङ र माउन्टेन पासाङ यूथक्लव ठिङ्गर भर्सेस स्नोल्याण्ड यूथ क्लव फुवा आमने सामने भएका थिए ।

प्रतियोगिताको भलिबलतर्फको च्याम्पियन जनचेतना यूथले नगद ५० हजारसहित शिल्ड ,मेडल र प्रमाणपत्र पायो । उपबिजेता उदयश्री यूथले नगद २० हजारसहित शिल्ड ,मेडल र प्रमाणपत्रमा चिक्त बुझायो । यस्तै , फुटबलतर्फको च्याम्पियन स्नोल्याण्ड यूथले नगद नगद ७५ हजारसहित शिल्ड ,मेडल र प्रमाणपत्र पायो । उपबिजेता जनचेतना यूथले नगद ५० सहित शिल्ड ,मेडल र प्रमाणपत्र पाए ।

Advertisement

प्रतियोगिताको सर्बउत्कृष्ट भलिबल प्लेयरमा उदयश्री यूथका लाक्पा ग्याल्जेन गुरुङ र फुटबलतर्फ सर्वउत्कृष्ट प्लेयर जनचेतनाका यूथका टशी वाङ्गेल गुरुङ भए । उनीहरुले पनि मेडल र प्रमाणपत्र पाए । प्रतियोगिताका बिजेता-उपबिजेता र सर्वउत्कष्ट प्लेयरलाई गण्डकी प्रदेश सांसद ईन्द्रधारा बिष्ट, जिसस प्रमुख छिरिङ ल्हामो गुरुङ, मुस्ताङी लोमान्था गापाका अध्यक्ष सुवर्णकुमार बिष्ट , लोघकेर दामोदरकुण्ड गापा उपाध्यक्ष लोप्साङ छोम्फेल बिष्ट र समाजसेवी माया बिष्टले पुरस्कार हस्तान्तरण गरे ।

प्रदेश सांसद बिष्टले खेलकुद क्षेत्रको बिकासले समृद्धी हासिल गर्न सकिने बताए । उनले बिश्वका खेलाडीलाई मुस्ताङ भित्र्याउन प्रदेशले हाईअल्टिच्यूट तालिम केन्द्रको अवधारणा ल्याएको जानकारी दिए । कुल ११ टिमको सहभागिता रहेको प्रतियोगिताको दौरानमा अतिरिक्त रस्सी तान्ने खेल र बिभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । प्रतियोगिता ४ हजार १ सय मिटरको उचाईमा संञ्चालन गरिएको हो ।

तपाईको प्रतिक्रिया