प्रदेश स्क्वास र्‍याकेट संघमा रञ्जित

समाधान संवाददाता २०८१ वैशाख १४ गते ११:३४

पोखरा ।
गण्डकी प्रदेश स्क्वास तथा र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत भएका छन् । संघको पोखरामा बिहीबार भएको प्रथम अधिवेशनले उनलाई आगामी ४ वर्षका लागि अध्यक्षमा सर्वसम्मन निर्वाचित गरेको हो ।


उपाध्यक्षमा प्रकाश केसी, महासचिव कमलबहादुर बस्नेत, सचिव प्रेम शर्मा र कोषाध्यक्षमा रक्से लामा निर्वाचित भएको निर्वाचित समितिका संयोजक पुष्पराज श्रेष्ठले जानकारी दिए । कार्यसमितिका सदस्यमा युवराज कुँवर, आभान श्रेष्ठ, रामप्रसाद पौडेल, सृष्टिका उदास र रुक गुरुङ छन् ।


कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठकले खेल संघहरुलाई सुशासनतर्फ अघि बढाउन परिषद प्रयासरत रहेको जनाए । यखेलाडी उत्पादन गर्न परिषद खेल संघहरुसँग सहकार्य गर्न तयार रहेको जनाउँदै उनले संघहरुलाई वार्षिक कार्यक्रम तथा योजना अघि सार्नसमेत आग्रह गरे ।

Advertisement


सो अवसरमा जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख सुनबहादुर लामा, स्क्वास र्‍याकेट संघका केन्द्रीय सदस्य सन्तोष घिमिरे लगायतले बोलेका थिए । नवनिर्वाचित अध्यक्ष रञ्जितले आफ्नो कार्यकालमा स्क्वास खेलको विकासका लागि सबैसँग सहकार्य गर्दै वार्षिक रुपमा विभिन्न प्रतियोगिताको आयोजना एवं खेलाडी उत्पादनमा ध्यान दिने वाचा गरे ।

Advertisement

तपाईको प्रतिक्रिया