कियाको नयाँ विद्युतीय गाडी पोखरामा

समाधान संवाददाता
पोखरा
कोरियन कम्पनी कियाका विद्युतीय गाडी बिक्री गर्दै आएको एस ओभरसिज शिवचोकले नयाँ मोडलको गाडी भित्र्याएको छ । अत्याधुनिक सुविधा भएको नयाँ किया निरो गाडी बजारमा आउनुअघि नै १० वटा बुकिङ भइसकेका छन् । पछिल्लो समय इलेक्ट्रिक गाडीमा उपभोक्ता र सरकारको आर्कषण बढ्दै गएकाले कम्पनीले सर्वाधिक रेन्ज प्रदान गर्ने इलेक्ट्रिक कार बजारमा ल्याएको हो ।
६४ किलोवाट क्षमताको यसको ब्याट्री एक पटक पूर्ण चार्ज गरेपछि ४ सय ८० किलोमिटर गाडी चल्ने कम्पनीले जनाएको छ । ब्याट्रीमा ७ वर्ष ग्यारेन्टी र ३ वर्ष ओभरअल वारेन्टी छ । कियाले देशका मुख्य ६ सहरमा चार्जिङ स्टेसनसमेत राखिसकेको छ । विश्वमा नै विद्युतीय गाडीको प्रयोगलाई प्राथमिकता दिन थालिएको परिवेशमा पोखरामा यसको बजार उत्साहजनक रहेको एस ओभरसिजका सञ्चालक विनय थापाले बताए ।
यसमा दिइएको १ सय ५० किलोवाटको इलेक्ट्रिक मोटरले २०१ बिएचपी पावर र ३९५ एनएम–टर्क उत्पादन गर्छ । यो कारले ७.८ सेकेन्डमा शून्यबाट १ सय किलोमिटरको रफ्तार पकड्न सक्ने कम्पनीले दाबी गरेको छ । अगाडिको ग्रिलमा कम्बाइन चार्चिङ सिस्टम दिइएको यो इलेक्ट्रिक एसयुभी डिसी फास्ट चार्जरबाट ८० प्रतिशत चार्ज गर्न ७५ मिनेट लाग्नेछ । यो गाडीको नेपाली बजारमा प्रवेशपछि सर्वाधिक माइलेज दिने इभीमा पर्नेछ ।
६४ लाख ९९ हजार पर्ने यो गाडी ६ वडा विभिन्न रंगमा उपलब्ध छ । लन्च डिस्काउन्टको रुपमा अहिले गाडीमा १ लाख रुपैयाँ छुट दिइएको छ ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया