विप्लव नेकपाका उपत्यका इन्चार्ज माइला लामा पक्राउ

समाधान संवाददाता २०७६ साउन ५ गते १३:२७

समाधान संवाददाता, काठमाडाैं

नेपाल प्रहरीले शनिबार मध्यरातमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई पक्राउ गरेको छ ।

उनीसँगै अर्का कार्यकर्ता रेशम तामाङ पनि पक्राउ परेका छन् ।

Advertisement

महानगरीय अपराध महाशाखा, टेकुको टोलीले लामालाई विशेष सूचनाको आधारमा काठमाडौंको काँडाघारीबाट रातको साढे १२ बजे पक्राउ गरेको हाे ।

काठमाडौंलगायतका ठाउँमा बम विष्फोटको घटनामा निर्देशन दिन लामाको भूमिका रहेको प्रहरीको दाबी छ । राजधानीको विभिन्न ठाउँमा बम विष्फोटको घटना भएपछि प्रहरीले उनको खोजी तीव्र पारेको थियो ।

Advertisement

काठमाडौं सितापाइलाका लामा तत्कालीन माओवादी फुटेपछि वैद्य नेतृत्वको माओवादी हुँदै विप्लव पक्षमा लागेका थिए । उनी २०६४ को संविधानसभा चुनावमा काठमाडौंबाट उम्मेद्वार पनि भएका थिए ।

तपाईको प्रतिक्रिया