विद्यार्थीलाई बन्धक बनाई करणी गरेको आरोपमा शिक्षक पक्राउ

समाधान संवाददाता २०७६ साउन ८ गते १८:१७

समाधान संवाददाता

बालिकालाई ८ दिनसम्म बन्धक बनाई करणी गरेको आरोपमा पोखराबाट १ शिक्षक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङ बिराटनगर घर भएका उदयपुर चौदण्डी ७, बस्ने म्यारीगोल्ड सेकेन्डरी बोर्डिङ स्कुलका २८ वर्षीय शिक्षक राकेश कुमार कानोडिया रहेको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।

Advertisement

राकेशले सोही स्कुलमा पढ्ने १४ वर्षीया १ बालिकालाई ८ दिनसम्म पोखरा लेकसाइडस्थित द कन्ट्री यार्ड होटलको एक कोठामा बन्धक बनाई राखेको प्रवक्ता केसीले बताए ।

‘बालिकाले प्रयोग गर्ने मोबाइल समेत नियन्त्रणमा लिई अभिभावकसँग सम्पर्क गर्न नदिएको खुलेको छ,’ उनले भने ।

Advertisement

बन्धक बनाई राखिएकी बालिकालाई उक्त दिनसम्म राकेशले जर्बजस्तीकरणी समेत गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीको टोलीले होटलबाट बालिकाको उद्दार गरेको थियो ।

बालिकाका अभिभावकलाई सम्पर्क गरी मंगलबार नै जिम्मा लगाइ सकिएको छ । पक्राउ उपर मुद्दा दर्ता गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाएको प्रवक्ता केसीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया