साउनभित्र पार्टी एकता टुङ्गिने पूर्वप्रमकाे दाबी

समाधान संवाददाता २०७६ साउन १७ गते १५:२२

समाधान संवाददाता, काठमाडाैं

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले साउन महिनाभित्र पार्टी एकता टुङ्गिने गरी काम भएको बताएका छन् ।

शुक्रबार पत्रकारसँगको कुराकानीमा उनले पार्टी एकता चाँडोभन्दा चाँडो टुङ्गाउने गरी काम भइरहेको बताएका हुन् ।

Advertisement

एकताको प्रक्रिया ढिलो हुँदा सबैमा चिन्ता बढेकाले यसलाई जतिसक्दो छिटो टुङ्गाउन आवश्यक परेको नेपालको जोड थियो । ‘पार्टीभित्र विवाद र बहस हुन्छन् । ती सबैलाई व्यवस्थापन गरेर पार्टी एकता टुङ्गाउनु पर्छ’, उनले भने ।

सरकारका काम कारवाहीका विषयमा पार्टीभित्रको अनुगमन प्रणालीलाई दरो बनाएर काम गर्नुपर्ने समेत बताए ।

Advertisement

तपाईको प्रतिक्रिया