३ सर्जकका रोज्जा सिर्जना

समाधान संवाददाता २०७६ साउन १९ गते १६:५७

समाधान संवाददाता

पोखरेली साहित्यकार र साहित्यनुरागीले शनिबार ३ सर्जकका रोज्जा कविता सुने । पोखरा थिएटरको गन्धर्व नाटक घरमा विराट आर्दश साहित्यिक मञ्चले ३ सर्जकलाई एकसाथ उभ्याएको हो ।

पोखरेली कवि सरस्वती श्रेष्ठ ‘सरु’, विराटनगरका सहित्यकार मीनकुमार नवोदित र स्याङ्जाका साहित्यकार मिलन समीरले करिब डेढ घन्टा दर्शकलाई मन्त्रमुग्ध पारे ।

Advertisement

विराट आर्दश साहित्यिक मञ्चको यो तेस्रो शृंखला हो । मञ्चका अध्यक्ष कटुवाल दीपकको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार सरुभक्त श्रेष्ठले देशका विभिन्न भूभागमा क्रियाशील सर्जकलाई एकसाथ उभ्याएर रचनावाचन हुनु सराहनीय भएको बताए । कार्यक्रम सञ्चालन पोखरा थिएटरका रमेश तिमिल्सिनाले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया