पेट्रोलियम पाइप लाइन उद्घाटन आज

समाधान संवाददाता २०७६ भदौ २४ गते १२:४९

समाधान संवाददाता, काठमाडौं

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको सम्पूर्ण तयारी पूरा भएपछि मंगलबार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्नेभएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबार तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित कार्यालयबाट संयुक्तरुपमा स्वीच थिची पाइपलाइन उद्घाटन गर्ने कार्यक्रम तय भएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए ।

उद्घाटन पश्चात तत्काल बरौनी डिपोबाट डिजेल आउने छ । विसं २०६१ मा नेपाल र भारतबीच भएको सम्झौतानुसार उक्त पाइपलाइन निर्माण भएको हो ।

Advertisement

२०७४ चैतमा प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्तरुपमा स्वीच थिचेर मोतिहारी अमलेखगञ्ज पाइपलाइनको निर्माणको शिलान्यास गरेका थिए । सुरुमा पाइपलाइनबाट साढे ६ सय किलोलिटर पानी र १ हजार किलोलिटर डिजेल पठाएर परीक्षण गरिएको थियो । परीक्षणका क्रममा पटनाबाट अमलेखगञ्जसम्म डिजल आइपुग्न करिब १८ घनटा लागेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया