भारतकाे गोदावरी नदीमा डुङ्गा पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु, ३० बेपत्ता

समाधान संवाददाता २०७६ भदौ ३० गते १२:५८

एजेन्सी

भारतको आन्ध्र प्रदेशमा पर्यटकहरू चढेको डुंगा गोदावरी नदीमा पल्टिँदा १२ जनाको मृत्यु भएको छ। घटनामा ३० जना बेपत्ता भएका छन् ।

आइतबार गोदावरी नदी हुँदै पर्यटकीय पापीकोन्डालु हिल्स जान लाग्दा ठूलो ढुंगामा ठोक्किएर डुंगा पल्टिएको हो ।

Advertisement

डुंगामा ६० जनाभन्दा बढी सवार रहेको र अझै ३० जना बेपत्ता रहेको बिबिसी हिन्दीले जनाएको छ । स्थानीयहरूले २७ जनालाई उद्धार गरेका छन् ।

बेपत्ताहरूको उद्धार गर्न सुरक्षाकर्मीहरू खटाइएका छन् ।

Advertisement

आन्ध्रप्रदेशका मुख्यमन्त्री जगनमोहन रेड्डीले त्यस क्षेत्रमा सबै डुंगा बन्द गर्न आदेश दिएका छन् । उक्त डुंगा चालकले बिनाअनुमति चलाएको र ओभरलोडका कारण  पल्टिएको भारतीय पर्यटन मन्त्रालयले बताएको छ ।

तपाईको प्रतिक्रिया