प्रकाशकीयः मिठो चुनौती

समाधान संवाददाता २०७६ असोज १ गते १५:०६

उमानाथ बराल
अध्यक्ष समाधान मिडिया प्रालि

‘सम्भव लक्ष्य’ प्राप्तिका लागि गर्नुपर्ने संघर्ष हो चुनौती, जुन कठिन त हुन्छ तर त्यहाँसम्म पुग्न सकिन्छ । समाधान दैनिक १८ औं वर्ष प्रवेश गरेको यो सुखद अवसरमा चुनौती थिम मै विशेषांक प्रकाशन गरेका छौं । यो विशेषांक संघीय व्यवस्था कार्यान्वयनको चुनौतीमा केन्द्रित छ । हामीलाई विश्वास छ, यसले अलमलमा परेको संघीय व्यवस्थालाई सही मार्गमा हिँड्न प्रेरित गर्नेछ ।

मुलुकमा चरम द्वन्द्व चलिरहेको बेला, २०५९ असोज १ गते समाधान दैनिकको प्रकाशन आरम्भ भएको हो । त्यो कठिन परिस्थितिमा दैनिक पत्रिका आरम्भ गर्नु चानेचुने चुनौती थिएन । देश समस्यै समस्यामा जकडिएको बेलामा समाधान खोज्ने प्रयास स्वरुप समाधान दैनिक प्रकाशन गरेका थियौं । त्यो दिनदेखि निरन्तर प्रकाशित समाधान विभिन्न आरोह अवरोह पार गर्दै गण्डकी प्रदेशको लिडिङ पत्रिकाका रुपमा स्थापित भएको छ । आज हामी गर्वका साथ भन्न सक्छौं, समाधान दैनिक गण्डकी प्रदेशका पाठक र विज्ञापनदाताको पहिलो रोजाइको सञ्चार माध्यम बनेको छ । १८ औं वार्षिकोत्सवको अवसरमा प्रदेशको एक नम्बर सञ्चार माध्यम बनाउन सहयोग गर्ने समाधान परिवार, प्रिय पाठक र विज्ञापनदातामा आभार प्रकट गर्दछौं ।

Advertisement

यो उपलब्धिमात्र पर्याप्त छैन । हाम्रा सामु अर्को एउटा चुनौती खडा भएको छ । त्यो हो ‘समाधान मल्टिमिडया’ । ‘समाधान न्युज डटकम’ मार्फत हामी डिजिटल सञ्चार माध्यमको यात्रा प्रारम्भ गरिसकेका छौं । अब युट्युब च्यानलमार्फत श्रव्यदृश्य सामग्री पस्कनु छ । यसलाई समाधान परिवारले ‘मिठो चुनौती’का रुपमा स्वीकार गरेको छ । हामीलाई विश्वास छ, यो यात्रामा हाम्रा पाठक, विज्ञापनदाता र शुभचिन्तकहरुले विगतमा जस्तै निरन्तर साथ दिइरहनु हुनेछ । धन्यवाद ।।

Advertisement

तपाईको प्रतिक्रिया